- भानुभक्त निरौला
सोलुखुम्बू - नेपालका लागि भारतीय राजदूत राकेश सुद सोलुखुम्बूको थामे गएकोमा नेकपा एमालेले पनि आपत्ति जनाएको छ। माओवादीले भारतीय चेकपोष्ट पुनः खडा गर्न सुद त्यहाँ गएको भन्दै विरोध गरिरहेका बेला एमालेले पनि यो भ्रमणप्रति आपत्ति जनाएको हो।
खानेपानी योजना शिलान्यास गर्न खुम्जुङ जानुपर्ने राजदूत सुद थामे गएपछि नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बूका अध्यक्ष आङङिमा लामाले आपत्ति जनाएका हुन्। अध्यक्ष लामाले भने- उनले त्यहाँ जानुपर्ने काम नै थिएन, यसमा चाहिँ हामीलाई पनि शङ्का लागेको छ।
राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अस्मितामाथि कसैको प्रहार सह्य नहुने भन्दै अध्यक्ष लामाले भने- राकेश सुदको थामे भ्रमण साँच्चिकै शङ्कापूर्ण छ, काम छ एकातिर अर्कोतिर किन जानुपर्यो ?। थामेमा २०३१ सालसम्म भारतीय सेनाको चेकपोष्ट रहेको जानकार बताउँछन्। २०३१ सालमा तत्कालीन प्रधान मन्त्री कीर्तिनिधि बिष्टको पालामा मात्र उक्त चेकपोष्ट हटाइएको थियो।
नाम्चेबाट करिब ४ घण्टा पैदलयात्राको दूरीमा रहेको थामे नाम्चेबाट उत्तरी दिशामा पर्दछ। तर खानेपानी आयोजना स्थल भने नाम्चेबाट पूर्व दिशामा पर्दछ। चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा राजदूत सुदको भ्रमणले स्वतन्त्र तिब्बतको आन्दोलनलाई बल पुग्ने विश्लेषण गरिएको छ। केही समयअघि नाम्चेको थामे क्षेत्रमा केही तिब्बतियनले स्वतन्त्र तिब्बतको माग गर्दै आन्दोलन गरेपछि १९ जनालाई नाम्चे प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो। सोलुखुम्बूको च्याल्सा, जुनबेशीको थुप्तेन छोलिङमा गरी करिब ४ हजार सङ्ख्यामा तिब्बतियन शरणार्थी छन्।
राजदूत सुद बिहान एयर डाइनेष्टीमार्फत् स्याङ्बोचे विमानस्थलबाट थामेको भ्रमण गरी नाम्चे फर्केका छन्। सुदले थामे रहँदा त्यहाँको ऐतिहासिक गुम्बा र ३१ सालसम्म भारतीय आर्मीको चेकपोष्ट रहेको ठाउँको समेत अवलोकन गरेका छन्। उनले भोलि खुम्जुङ खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। यसका लागि जिल्लाका उच्चपदस्थ कर्मचारीसमेत नाम्चे गएका छन्।

Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “नेपालका लागि भारतीय राजदूत राकेश सुद सोलुखुम्बूको थामे गएकोमा आपत्ति”
Post a Comment