दशै मनाउन छाडेको २० वर्ष भन्दा बढी भई सकेको छ। दशै मान्न छाडेको लामो समय भएर होला अहिले त्यति धेरै महत्व लाग्दैन। अघिपछि जे खाइन्छ, दशैका दिनमा पनि त्यही खाने भएकाले खर्च त्यति हुदैन त्यसैले दशैका लागि भनेर खर्च छुट्टाउनु पनि पर्दैन। दशैलाई महत्व नदिएपछि टिका लगाउने कुरै भएन। अघिपछि जस्तो थियो दशैका दिनहरु पनि त्यस्तै हुनेछन् र
वित्नेछन्। अघिपछिका दिनमा भन्दा दशैमा अलिक फुर्सद हुने भएकाले यस अघि भेट्न नभ्याएका साथिहरुसंग भेटेर, विभिन्न पुस्तकहरु पढेर समय विताइन्छ। बाँकी समय पार्टीको आन्तरिक काममा लगाइन्छ। मुलुकको राजनीतिक अवस्थाका बारेमा चिन्तन गर्ने र त्यसको निकास खोज्ने तिर पनि समय विताइन्छ। विभिन्न योजना तयार गरिन्छ। दशैमा साथी तथा पार्टीका नेता कार्यकर्ताहरुको फुर्सद पनि अलिक हुने भएकाले उहाँहरु पनि भेट्नका लागि आउनु हुन्छ। दशैमा गर्ने भनेर आज सम्म कुनै विशेष कार्यक्रम तयार गरिएको छैन। दशै नमान्नु यसको विरोध गर्नु होइन। यसको सम्मान गर्छाैं। धर्म सँस्कृतिलाई बचाउनुपर्छ भन्नेमा छौं। तर, जनताले पूर्ण अधिकार प्राप्त गरेको दिनलाई विशेष दिनको रुपमा मनाउँने र त्यही दिनलाई दशैको दिन सम्झी मनाउने योजनामा छौं। जनता भोक, रोग, पीडा, गरिवी आदिमा छटपटाई रहेका बेला दशै मनाएर कुनै उपलब्धी हुन्छ जस्तो लाग्दैन।
(पुत्र प्रकासको सहयोगमा)
शुसिल कोइराला सभापति कांग्रेस
यो वर्ष दशै मानिदैन। हामी गिरिजा वाबाबुको सोकमा छौं। सोक परेको घरमा जसरी दशै मानिन्छ हाम्रो पनि त्यही हुन्छ। विगतका वर्षमा दशैलाई परिवारक जमघटमा मात्र सिमित रहेको चाडका रुपमा भन्दा पनि कार्यकर्ता बीचको भेटघाट गर्ने अवसरका रुपमा प्रयोग गरिन्थ्यो। यसपालि सोक परेको छ, त्यसैले वीपी कोइरालाले २०३३ सालबाट सुरु गर्नु भएको चियापान कार्यक्रम समेत यो बर्ष गिरिजाप्रसादको निधनका कारण स्थगित गरिएको छ। म स्वर्गिय गिरिजाबाबुकै निवासमा बसेको छु। यो घरमा सोक परेको छ। त्यसैले दशै मनाउदिँन्। तर, कार्यकर्ता, विभिन्न दल तथा आफ्नै दलका नेताहरुसंगको भेटमा समय विताउने सोचाइमा छु। त्यस्तै पुस्तकहरु पढ्ने, साथीहरुसंग पार्टी र देशको समस्य र त्यसको निकासका बारेमा छलफल गर्नेछु।
शेरबाहदुर देउवा बरिष्ठ नेता कांग्रेस
दशैका लागि भनेर खासै तयारी गरिएको छैन। विगतमा जस्तो मनाइन्थ्यो यो वर्ष पनि त्यसैरी नै मनाइन्छ। हाम्रो घरमा विषेग गरी फुलपाति अर्थात सप्तमीबाट दशै सुरु हुन्छ। पुजाआज हुन्छ। एउटा हिन्दु धर्मालम्बीहरुले जसरी दशै मनाउँछन्, यहाँ पनि त्यस भन्दा फरक हुदैन। टिकाको दिन बुबासंग टिका लगाइन्छ। यस वर्ष के गरिन्छ यो तय भएको छैन। टिका थाप्न आफ्न्तहरु आउँछन्। उनीहरुलाई टिका लगायो। साथिहरु सुभेच्छुहरु आउँछन्। उनीहरुलाई पनि टिका लगाइदियो। अलिअलि समय उनीहरुसंग विताउँछु। खासै तयारी नगरेकाले यति नै खर्च चाहिन्छ भनेर छुट्टाएको भने छैन। तर, समान्य खर्च भने हुन्छ। दशैमा कार्यकर्ताहरुसंग समान्य भेटघाटका कार्यक्रमहरु हुन्छन्। त्यसमा गइन्छ। साथीहरुबीच शुभकाना आदानप्रदान गर्ने हो। बाँकी रहेको समयमा यस अघि थाति रहेका काम गर्ने पनि सोच बनाएको छु। बाँकी मुलुकको राजनीतिमा समय खर्चेने सोच छ। नीजि सचिव भानु देउवाका आनुसार
झलनाथ खनाल अध्यक्ष एमाले
दशैका लागि भनेर त्यस्तो विशेष कार्यक्रम बनाएको छैन। घरमै दशै मानिन्छ। टिकाको दिन सम्म मेरो राजनीतिक कार्यक्रमको 'सेडुल' नै तयार छ। त्यसै अनुसारको काम हुन्छ। टिकाको दिन टिका लगाइदिन्छु। मलाइ टिका लगाउने मानिस कोही नभएकाले म चाँही लगाउदिन। घरमा आउनेहरुलाई मैले नै टिका लगाइदिन्छु। घरमा कार्यकर्ता, सुभेच्छु, आफ्न्तहरु आउँछन्। उनीहरुसंग भेटघाट गर्योइ। साथी भाईहरुसंग भेटघाट गर्ने, शुभकामना आर्दानप्रदान गर्ने, राजनीतिक छलफल गर्ने, विद्यमान गतिरोध अन्त्यमा लाग्ने, पुस्तक पढ्ने जस्ता काम दशैको समयमा हुन्छ। दशैका लागि भनेर त्यस्तो केही स्टमेट गरेको छैन। खर्चको पनि स्टमेट गरिएको छैन। जतिपर्छ त्यति नै खर्च गर्नु पर्ने हुन्छ। फेरी आफुसँग जति छ त्यति न गर्ने हो। त्यसैले त्यति धेरै खर्च हुदैन। दशैको समान किन्न र टिकाटालोमा खर्चहुन्छ। अरु के हुन्छ र।
नारायणकाजी श्रेष्ठ
परम्परागत ढंगबाट दशै मनाउन छाडेको दुइ दशक भन्दा बढी भयो। कम्युनिष्ट राजनीतिमा लागेपछि दशै मान्नुपर्छ भन्ने सोच नै एकाएक हराउँदो रहेछ। फेरी दशै केटा केटीहरुका लागि हो। केटाकेटी छँदा जति रमाइलो हुन्थ्यो अहिले त्यतिनै हुदैन। दशै आफ्ना लागि भन्दा अरुका लागि हो जस्तो लाग्छ। फेरी भूमिगत राजनीतिमा होमिएपछि दशैको बेला कहिले कता कहिले कता भइन्थ्यो यसले पनि दशै मान्नुपर्छ भन्ने सोच हराउँदै गयो। यद्यपी अन्य समयमा भन्दा दशैमा अलि बढी फुर्सद हुने भएकाले साथीहरुसंग भेट गर्ने, पुस्तक पढ्ने लगायतका काम गरेरै समय विताउने। साथमा पार्टीको भावि कार्यनीति बनाउने, विश्वमा भएको राजनीतिक घटनाक्रमका बारेमा अध्ययन गर्ने, अहिलेको राजनीतिक संकटलाइ निकास दिने उपायको खोजीगर्ने जस्ता कार्यमा समय खर्चेर दशैका दिन विताउने सोच बनाएको छु।
रामचन्द्र पौडेल नेता कांग्रेस
घटस्थापनाको दिन जव जमरा राखिन्छ तब दशै सुरु हुन्छ मेरो घरमा। प्रत्येक दिन विहान पुजा पाठ हुन्छ। अस्ष्टमी र नवमीको दिन चन्डी पाठ नै गरिन्छ। हिन्दु परम्परा अनुसार गर्नु पर्ने सबै काम हुन्छ। दशैमा बढी समय पुजा पाठमै बित्छ। टिकाको दिन टिका थाप्न चितवन गइन्छ। चितावनमा आमा हुनुहुन्छ। टिकाको भोली पल्ट फर्कन्छु। यहाँ घरमा पाहुनाहरु आउँछन्। उनीहरुलाई पनि टिका लागाइदिनु पर्छ। नेता तथा कार्यकर्ताहरु आउँछन्। उनीहरुसंग पनि समय विताउँछु। बाँकी रहेका समय राजनीतिक भेटघाटमा विताउने छु।
युवराज ज्ञवाली सचिव एमाले
दशैलाई एक वर्ष सम्म भेट गर्न नपाएका आफ्न्त तथा इष्ट मित्रलाई भेट गरी दुःख सुख बाढ्ने दिनको रुपमा लिनुपर्छ। मैले पनि यसरी नै लिने सोच बनाएको छु। फेरी दशै भनेर धेरै खर्च गर्ने पनि होइन। आफुले सक्ने र उच्च आवश्यकतामा मात्र खर्च गर्ने हो। आफुलाई आवश्य पर्ने बस्तुहरु पसलबाट ल्याउने, घरमा बन्ने घरमै बनाउने र सबै परिवार खुशी साथ दिन विताउने हो। विशिष्ट ठंगबाट केही गर्नुपर्छ जस्तो पनि लाग्दैन। टिकाको दिन मान्यजनबाट आर्शिबाद थाप्ने, परिवारलाई टिका लगाउने। यसवर्ष परिवारका सबै सदस्य यतै भएकाले दशै यतै मनाइन्छ। अघिपछि भन्दा दशैका दिनमा बढी फुर्सद हुने भएकाले पुस्तक पढ्ने, लेखहरु लेख्ने काम पनि हुन्छ।
प्रकासमान सिंह महामन्त्री कांग्रेस
विगतमा जसरी दशै मनाउने गरिएको थियो यो वर्ष पनि त्यसभन्दा फरक रहदैन। तर, केटाकेटीमा जति रमाइलो अहिले हुदैन। घरमा पार्टीका साथिहरु आउँछन्। उनीहरुसंग रमाइलो गरिन्छ। दशै भए पनि अधिकांय समय राजनीतिक भेटघाटमै बित्ने गरेको छ। यस अघि दशैको टिका लगाएर गोर्खा ससुराली घर जाने गरेको थिए। तर, यसपालि जाने नजाने निश्चित छैन। टिकापछि घरमा दिदी बहीनी तथा आफ्न्तहरु आउन थाल्छन्। उनीहरुलाई पनि टिका लगाइदिनुपर्छ। नेवारी परामपरा आनुसार अघि बढ्न परि हाल्यो। खर्चको कुनै सिमा हुदैन। तर, यति नै गर्नु पर्ला भनेर सोचेको रकमले कहिल्यौ पुगेको हुदैन।
गिरिजाप्रसाद कोइराला पुत्री सुजता
हजुरबुवा कृष्णप्रसाद कोइरालालाई पहिलो पुस्ता मान्दा सिन्धुलीको दुम्जाबाट विराटनगर पुगेको हाम्रो परिवार यतिबेला तेस्रो पुस्तामा छ। कोइराला परिवारको दोस्रो पुस्ताका अन्तिम सदस्य गिरिजाबावु निधन यसैवर्ष मात्र भएपछि हाम्रो परिवारमा यस वर्षको दशैं खल्लो भएको छ। निकै अघिदेखिनै हाम्रो पारिवारिक पारिवारिक जमघट भन्दा पनि राजनीतिक भेटघाटको अवसरका रुपमा दशै मनाइने चलन थियो। तर, हाम्रो परिवारले लगातार तीन बर्ष भयो दशै मनाउन नपाएको। सुरुमा वीपी पत्नी सुशीलाको निधन, केशव पत्नी एंव कांग्रेस नेतृ नोनाको निधनबाट दुई पटक थुनिएका्े दशैं यो पटक गिरिजाबाबुको निधनका कारण थुनिएको सबैलाई जानकारी छ। थुपै्र कांग्रेसका नेता तथा कार्यकर्ता गिरिजाबाबु भइन्जेल दशैमा टिका थाप्नका हाम्रो निवासमा आउने गर्थ्ये। यसपटक हामीले त्यो अवसर गुमाएका छौं। हामी टुहुरा भएका छौं।
सरिता गिरी अध्यक्ष सद्भावना आनन्दीदेवी
यस वर्षको दशैमा घरका कोठहरुमा कलर गर्ने सोच बनाएको छु। त्यो पनि आफैले। रंग पनि किनेर ल्याइसकेकी छु। मधेसी परम्परा अनुसार पुजा गर्छु। तर, टिका भने लगाउँदिन। साथीहरु आउँछन्। उनीहरुसंग छलफल गर्छु। इन्डिया जाने सोच बनाएको थिए। तर, नजाने भइयो। दशै लगतै मेरो दुइ वटा मुद्धाको बहस गर्नु पर्ने छ। त्यसको तयारी पनि गर्नु पर्योक। एउटा मुद्धामा आफै बहस गर्ने सोच बनाएकाले पनि अलिक बढी अध्ययन गर्नु पर्ने छ। यस विचमा पुस्तक पढ्ने, योजना पनि बनाएको छु,। पढ्दै गरेका दुइवटा पुस्तक छन्, त्यसलाई सिध्याउने छु। दशै भए पनि घरमा म एक्लै हुन्छु। फेरी १७ वर्षदेखि पालेको कुकुर यही घटस्थापनका दिन मर्योु। यसले निकै दुखि तुल्याएको छ।
Comments :
0 comments to “नेताको दशैं”
Post a Comment