Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दसैँ-तिहार उपहारै उपहार

दसैँ-तिहारको अवसर पारेर 'महिन्द्रा फेस्िटभ अफर' सुरु गरेको छ, महिन्द्रा टू ह्वीलर्सको आधिकारकि बिक्रेता श्रेष्ठ इन्टरनेसनलले ।पशुपति पेन्ट्सलेे उपभोक्ता तथा पेन्टर दुवैका लागि उपहार कार्यक्रम ल्याएको छ ।

चौधरी ग्रुपले वाइवाई चाउचाउमा पनि दसैँको अवसर पारेर 'ज्ञान उदय माइक्रो ल्यापटप' योजना अघि सारेको छ । प्रा यः सबै सानाठूला पत्रपत्रिकाका पाना पल्टाउनूस् अथवा रेडियो ट्युन गर्नूस् । टेलिभिजन खोल्नूस् वा सडकबजारका भित्तातिर नजर फाल्नूस्, जताततै दसैँ आइसकेको भान हुन्छ । सामान्य लुगाफाटादेखि गरगहना, विद्युतीय उपकरण, घरायसी सामान, सवारी साधन सबैका उत्पादक र बिक्रेताहरू अहिले 'योजना'मा जुटेका छन् । उपभोक्तालाई आकषिर्त गर्न उपहार र छुटका योजना नल्याउने कोही छैन ।

दसैँ-तिहारमा अरू समयभन्दा धेरै कारोबार हुने भएकाले हौसिएका छन्, बिक्रेताहरू । त्यही भएर, दसैँ-तिहारका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजनमा तीन महिनाअगाडिदेखि नै विज्ञापनको स्थान र समय बुक भइसक्छन् । बढी माग हुने गरेकै कारणले आफ्ना नयाँ उत्पादन पस्कनेदेखि उपहार र छुट दिएर ग्राहक आफूतिर तान्ने ध्याउन्नमा हुन्छन्, व्यवसायीहरू ।

सहर-बजारमा तुल टाँगेर दुईदेखि पाँच प्रतिशतसम्म छुट दिने चलन थियो, डेढ दशकअघिसम्म । त्यसयता बढ्दो प्रतिस्पर्धा र सञ्चारको विकाससँगै पत्रपत्रिका र विद्युतीय सञ्चारमाध्यममा विज्ञापन दिने क्रम बर्सेनि बढ्दै गएको बताउँछन् विज्ञापन व्यवसायी शेखर क्षेत्री । भन्छन्, "अहिले कतिपय उद्योगी व्यवसायीले आफ्नो विज्ञापनको कुल बजेटको ८० प्रतिशतसम्म खर्च गर्ने अवसरका रूपमा दसैँ-तिहारलाई लिन थालेका छन् ।" बढी पैसा हुने भएकाले पनि ग्राहक दसँैकै समयमा बढी किनमेल गर्न रुचाउने गर्छन् । त्यही भएरै अन्य समयको तुलनामा झन्डै दोब्बर बिक्री हुन्छ, दसँै-तिहारमा ।

त्यसरी उपहार कार्यक्रम ल्याउनेमा प्रतिष्ठित उद्योगी व्यवसायीदेखि स-साना व्यवसायीसम्म सहभागी भएका छन् । गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले यही अवसरलाई उपयोग गरेर बजार विस्तार गर्न 'सामसुङ् झ्याम्मै अफर' सुरु गरेको छ । योजना अन्तर्गत नगद उपहारदेखि पाँचवटा सीएफएल चिम, डीभीडी प्लेयर, माइक्रोवेभ ओभनदेखि कावासाकी मोटरसाइकलसम्म उपहार प्राप्त गर्न सकिनेछ । साथै, हरेक एलसीडी टीभीको खरदिमा टाइमेक्स घडी दिने योजनासमेत अघि सारेको छ, हिम इलेक्ट्रोनिक्सले ।

चौधरी ग्रुपको उत्पादन वाइवाई चाउचाउले सानो ल्यापटप जित्न सकिने 'वाइवाई ज्ञान उदय माइक्रो ल्यापटप' योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत चाउचाउका प्याकेटमा माइक्रो ल्यापटप जित्न सकिने कुपन राखिएको छ । चौधरी ग्रुप अन्तर्गतकै अरूण इन्टर कन्टिनेन्टलले दसैँ-तिहारका अवसरमा 'हिट एन्ड फिट अफर' अघि सारेको छ । योजना अन्तर्गत मारुती सुजुकी गाडी किन्ने ग्राहकले एक लाख रुपियाँसम्म छुट पाउन सक्नेछन् । आफ्नो व्यवसाय प्रवर्द्धन गर्न अरूणले 'सबैको बजेटमा फिट, उपहारभन्दा नगद छुट नै हिट' भन्ने नारा अघि सारेको छ । सीजी इलेक्ट्रोनिक्सले 'एलजीको सामानमा उपहार नौलो, दसँै-तिहारमा हुनेछ निधार सुनौलो' उपहार योजना अन्तर्गत इमर्जेन्सी लाइट, नाडी घडी, आइरन, कुकिङ्किट, चाँदीको सिक्कादेखि दुई ग्रामसम्म सुनको टीका उपहार दिने भएको हो ।

टोयटा गाडी किन्नेलाई बैँक फाइनाइन्सको सुविधा, डकुमेन्टेसन र रुट परमिट, बिक्रीपछि पि चेकअपको व्यवस्था गरेको छ, युनाइटेड टे्रडर्सले । किया गाडीको आधिकारकि बिक्रेता कन्टिनेन्टल एसोसिएट्सले पनि दसैँ-तिहारको अवसर पारेर पिकान्टो, रयिोसहितका गाडीको मूल्यमा ७५ हजारदेखि १ लाख ५० हजार रुपियाँसम्म छुट दिएको छ । साझा विजनेस ग्रुपले जोत्य गाडीको खरदिमा हीराको गहना वा सोही मूल्यबराबरको उपहार कुपन दिने योजना ल्याएको छ भने सिप्रदी ट्रेडिङ्ले टाटाका भिस्टा, इन्डिगो, सफारी, डिकोरसहितका गाडीको खरदिमा २४ क्यारेटको पाँच तोला सुन दिने योजना ल्याएको छ ।

क्युब इन्टरकन्टिनेन्टल प्रालिले आइचर मोटरका लागि बुटवल र इटहरीमा पि सर्भिसिङ् क्याम्प सञ्चालन गरेर ग्राहकको मन जित्ने काम गरेको छ । सिप्रदी ट्रेडिङ् प्रालिले 'दसैँको धमाधम घरभर िउपहार टनाटन' योजना अन्तर्गत टाटा मोटर्सको खरदिमा आफ्नो रोजाइ अनुसार परविारका सबै सदस्यलाई उपहार पाउने व्यवस्था गरेको छ । योजना अन्तर्गत ग्राहकले सुट पिस, खसी, ल्यापटप, रेपिजेरेटर, डीभीडी, टीभी, क्यामरालगायतका उपहार पाउने छन् । महिन्द्रा गाडीको आधिकारकि बिक्रेता अग्नि इन्कर्पोरटेेडले स्कोरपियो, एसएलएक्स वा जाइलो गाडीको खरदिमा आवश्यक सामग्री र फुल ट्याङ्की तेल सित्तँैमा दिने मात्र होइन, गाडी किन्नेलाई दुबई भ्रमण गराउने डबल धमाका योजना ल्याएको छ ।

त्यसैगरी, 'नो झन्झट, उपहार स्योरसट' उपहार योजना अनुसार, हरेक एप ट्रक प्लसको खरदिमा बैँकक-काठमाडौँ-बैँकक टिकट वा आधा किलो चाँदी दिने कार्यक्रम प्रारम्भ गरेको छ, परमादु मोटर्सले । यता हुन्डाई लक्ष्मीले 'दसैँ-तिहारको बेला, हुन्डाईको उपहार मेला' नामक उपहार योजना ल्याएको छ । योजना अन्तर्गत हुन्डाईका आई १०, आई २० खरदिमा एचपी ल्यापटप, एक वर्षको बिमा र निःशुल्क स्वामित्व हस्तान्तरण मात्र होइन, बम्पर पुरस्कारस्वरूप दुईवटा कार पनि पाउन सक्नेछन् ।

महिन्द्रा टू ह्वीलर्सको आधिकारकि बिक्रेता श्रेष्ठ इन्टरनेसनलले 'महिन्द्रा फेस्िटभ अफर'मार्फत महिन्द्राका कुनै पनि मोडेलका स्कुटर खरदिमा दुई थान स्क्र्याच कुपन दिने योजना सुरु गरेको छ । एउटा कुपनबाट तीन हजारदेखि एक लाख रुपियाँसम्म छुट पाउन सकिनेछ भने अर्कोबाट आइरन, मोबाइल, डिजिटल क्यामरा, भिडियो क्यामरा, ३२ इन्चको एलसीडी टीभीलगायतका उपहार जित्न सकिन्छ । द गणेश इन्टरप्राइजेजले 'दसैँ आयो स्िकम लिउला' अफर अन्तर्गत सुजुकी मोटरसाइकलको खरदिमा ७ हजार ५ सय रुपियाँ छुट दिने नीति अघि सारेको छ ।

टीभीएस मोटरसाइकलको आधिकारकि बिक्रेता एआईटी नेपालले सञ्चालन गरेको 'टीभीएस भु्रम भ्रुम क्लिक' नाम दिइएको योजना अन्तर्गत मोटरसाइकल र स्कुटरको खरदिमा क्यामरा उपहार पाउन सकिने व्यवस्था गरएिको छ । त्यसैगरी, यामाहा मोटरसाइकलको आधिकारकि बिक्रेता मोरङ अटो वक्र्सले दसैँको अवसरमा दुई छुट्टाछुट्टै योजना सार्वजनिक गरेको छ । 'यामाहा दसैँको धुम' योजना अन्तर्गत प्रत्येक यामाहा एसएस १२५, इन्टाइसर डीएलएक्स र अल्वा वाईवीआर ११० मोटरसाइकलको खरदिकर्ताले डिस नेपालको उपकरण सित्तैँमा पाउने छन् । त्यसैगरी, 'यामाहा सेलिब्रेसन' अन्तर्गत आर १५, एफजेडएस किन्नेलाई रेसिङ् ज्याकेट प्रदान गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

बजाज मोटरसाइकलको खरदिमा स्क्र्याच कुपनमार्फत लाखौँ नगद र हरेक महिना फोर्ड फिगो कार उपहार दिने योजना अघि सारेको छ, गोल्छा अर्गनाइजेसन अन्तर्गतको हंशराज हुलासचन्द कम्पनीले । अन्ना लिफान मोटरसाइकलको खरदिमा ११ हजारदेखि ४० हजार रुपियाँसम्मको छुट दिइएको छ भने हार्डफोर्ड भीआरमा सोनीको डिजिटल क्यामरा उपहार दिने योजना ल्याएको छ, इन्टरनेसनल मोटर्स प्रालिले । होन्डा बाइकको आधिकारकि बिक्रेता स्याकार कम्पनीले दसैँ-तिहारको अवसर पारेर धमाकापूर्ण अफर सार्वजनिक गरेको छ । कुनै पनि होन्डा मोटरसाइकलको खरदिमा ग्राहकले स्क्र्याच कुपनमार्फत ४ हजारदेखि १० हजार रुपियाँसम्म छुट र बम्पर ड्र कुपनमार्फत २५ जना भाग्यशाली विजेताहरूले १०/१० ग्राम सुन प्राप्त गर्न सक्नेछन् ।

पशुपति पेन्ट्सलेे दसैँको अवसर पारेर उपभोक्ता तथा पेन्टर दुवैका लागि उपहार कार्यक्रम ल्याएको छ । 'घर चकाचक, गाडी फटाफट' नाम दिइएको योजना अन्तर्गत एलसीडी टीभी, मोटरसाइकलदेखि कारसम्म उपहार राखिएको छ ।

शुभ पद्मश्री इन्टरप्राइजेजले जर्मनीको लोकपि्रय एगि्रटेक जेनेरेटरको बिक्री वितरण थालनी गरेको छ । सजावटका सामानमा ४० प्रतिशतसम्म छुट दिएर बिक्री थालेको छ, बेटर होम्सले । डि्रम्स फर्निर्सिङ् सेन्टर पुतलीसडकले जर्मनीमा निर्मित फर्निचरमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

आईटी प्रालिले पनि दसैँ-तिहारको अवसरमा एसर, एचपी, सेटेलाइट, सोनी कम्पनीका ल्यापटप तथा डेक्सटप कम्प्युटरमा आकर्षक छुट दिएको छ । उता ग्राहकको दसैँ उत्साहजनक बनाउन नियोटेरकि नेपाल र प्यारामाउन्ट इलेक्ट्रोनिक्सले 'नोकिया क्रसिङ् दसैँ' योजना ल्याएका छन् । योजना अन्तर्गत नोकिया मोबाइलको सेटसँगै प्राप्त कुपनमार्फत छपटक लक्की ड्र गरेर १२ भाग्यशालीले स्टार क्रुज भ्रमण प्याकेज जित्न सक्नेछन् । नियोटेरकि नेपालले नै एचपी र डेलका ल्यापटपको मूल्यमा भारी छुट दिएको छ, साथै सित्तैँमा इन्टरनेट सेवा दिने योजना पनि अघि सारेको छ ।

त्यसैगरी, छ जनाले बजाज प्लाटिना र अर्का छ जनाले ४२ इन्चको टीभी र ६० जनाले डिजिटल क्यामरा जित्न सक्नेछन् । फिलिप्सका विद्युतीय सामग्री बिक्री गर्दै आएको स्याकार कम्पनीले दसैँ-तिहारकै अवसरमा 'दंगदास' उपहार योजना ल्याएको छ । योजना अन्तर्गत उपभोक्ताले २ हजारदेखि ६ हजार ५ सय रुपियाँ नगद छुटदेखि डीभीडी उपहार पाउनेछन् ।

त्यसैगरी, गोरखा र विश्वकर्मा सिमेन्टको २० बोरा खरदिमा स्क्र्याच कुपन पाउने व्यवस्था छ । हात खाली नहुने कुपनबाट ग्राहकले ५० रुपियाँदेखि एक लाख रुपियाँसम्म प्राप्त गर्न सक्नेछन् । जय शिवशक्ति इलेक्ट्रोनिक्सले आफूले बिक्री गर्ने पागरयिाका विद्युतीय उपकणको खरदिमा जेन्स/लेडिज घडी तथा टिसर्ट उपहार दिने भएको छ । उता फोर्स टीभी खरदिकर्ताले टिसर्ट वा क्याप सित्तैँमा पाउनेछन् ।

नाइकी जुत्तामा ५० प्रतिशतसम्म छुट दिइएको छ भने त्रिवेणी व्यापार कम्पनीले स्यानियोका घरायसी सामग्रीमा टि-सर्ट उपहार दिन थालेको छ । शिखर सुजले फेर िपनि दसैँ-तिहार बहार, पाडो किन्दा भैँसी उपहार ल्याएको छ । योजना अन्तर्गत प्राप्त स्क्र्याच कुपनमार्फत ५० देखि एक लाख रुपियाँसम्म नगद र लक्की ड्रमार्फत छ जनालाई बजाज पल्सर मोटरसाइकल दिने भएको हो । दसैँ उपहार योजना सञ्चालन गर्नेमा बर्ड मोबाइल पनि कम छैन । बर्डले स्क्र्याच कुपनमार्फत हरेक साता टिसर्ट, क्याप, सर्ट, मोबाइल सेटदेखि एचपी ल्यापटपसम्म दिने योजना ल्याएको हो ।

चार अर्ब रुपियाँको हाराहारीमा रहेको विज्ञापन बजारको करबि एक तिहाइ बजेट दसँै-तिहारका अवसरमा खर्च हुने अनुमान छ, विज्ञापन व्यवसायीको । डेढ दशकअघि सुरु भए पनि पछिल्ला दुई-तीन वर्षमा यसरी उपहार कार्यक्रम ल्याउने क्रम ह्वात्तै बढेको छ । पि्रज्मा एड्भर्टाइजिङ् एजेन्सीका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यका अनुसार, दसँै-तिहारका अवसरमा उपहार घोषणाकै कारण तुलनात्मक रूपमा २० प्रतिशत विज्ञापन बढ्ने गरेको छ । भन्छन्, "सबैले एउटै समयमा स्िकम ल्याउने गरेकै कारण, खासगरी पि्रन्ट मिडियामा चाहेको समय र स्थानमा विज्ञापन गर्न नपाउनेसम्मको अवस्था छ ।"

प्रतिस्पर्धी कम्पनीको वृद्धिसँगै उपहार कार्यक्रम ल्याउने क्रम बढेको बताउँदै थमसन नेपालका सञ्चार निर्देशक नवीन्द्र श्रेष्ठ भन्छन्, "प्रतिस्पर्धीमध्ये एकले त्यस्तो योजना ल्याए, अरूले पनि ल्याउनैपर्ने अवस्था आएको छ, अहिले ।" श्रेष्ठको भनाइसँग सहमति जनाउँदै नेपाल विज्ञापन एजेन्सी संघका अध्यक्ष निर्मलराज पौडेल गत वर्ष दसँै-तिहारको अवसरमा मात्र ३० करोडभन्दा बढीको विज्ञापन आएको बताउँछन् । थप्छन्, "३ सय ६५ दिन नै प्लानिङ् नगर्नेले पनि दसँैलाई कुरेर स्िकम ल्याउने प्रचलन बर्सेनि बढ्दो छ ।" सबैले मीठो खाने, राम्रो लगाउने अवसरमा मनाउने भएकाले पनि 'ब्रान्डिङ्' गर्न दसँैले सहयोग पुर्‍याएको पौडेलको विश्वास छ ।

दसँैको उपहार कार्यक्रमले बिक्रेतासँगै उपभोक्तालाई समेत फाइदा पुर्‍याएको एड फ्याक्टर विज्ञापन एजेन्सीका प्रबन्ध निर्देशक सन्तोष गिरीको ठम्याइ छ । दसँैको समयमा ल्याइएका स्िकमले ५० प्रतिशत विज्ञापन बढ्ने बताउँदै बजेट पास भएको भए त्यसमा अझ बढोत्तरी हुने काइट विज्ञापन एजेन्सीका प्रबन्ध निर्देशक विजय घिमिरेको बुझाइ छ । आउटरचि नेपाल विज्ञापन एजेन्सीका प्रबन्ध निर्देशक उजय शाक्यको बुझाइमा पनि दसँै-तिहारमा उपहार घोषणा गर्ने क्रम बढ्दै गएको छ । भन्छन्, "कुल विज्ञापन बजारको एकतिहाइ विज्ञापन यसै सिजनमा आउँछन् ।" उपहार कार्यक्रमले मध्यम वर्गका उपभोक्ताले फाइदा लिएको शाक्यको ठम्याइ छ ।







कर्पोरेट कुराकानी



'बिक्री बढ्ने निश्चित'





झन्डै दुई दर्जन ब्रान्डका साना गाडी बिक्री हुन्छन्, नेपाली बजारमा । जसमध्ये बढी बिक्नेमा गनिन्छन्, कोरियामा उत्पादित किया मोटरका उत्पादन । ३ हजार ५ सय गाडी बिक्री भइसकेका छन्, १४ वर्षअघिदेखि स्थानीय बजारमा बिक्री हुँदै आएको कियाका । पिकान्टो, रियो, सेराटो, क्यान्जकारदेखि सोल, स्पोटेज, सेरेन्टो जिप बिक्री गर्दै आएको कियाका माइक्रोबससमेत पछिल्लो समय स्थानीय ग्राहकको रोजाइमा पर्ने गरेका छन् । उच्च मध्यम वर्गलाई लक्षित कियाको बजारका सन्दर्भमा आधिकारिक बिक्रेता कन्टिनेन्टल एसोसिएट्सका नायब महाप्रबन्धक सचिन अर्यालसँग नेपालले गरेको कुराकानी ः



किया नै किन किन्ने ?

तेस्रो मुलुकमा उत्पादित भएर पनि सस्ता छन्, कियाका गाडी । आकर्षक डिजाइनका साथ आरामदायी छन्, हाम्रा गाडी । तीन वर्षसम्म मर्मत गर्नु नपर्ने भएका कारण पनि कियाका गाडी बिक्री बढाउन सहयोग पुगेको छ । सुरक्षा, कम तेल खपत गर्नु पनि कियाको विशेषता हो ।

सुविधाचाहिँ के के छन् नि ?

राजधानीबाहेक नारायणगढ, पोखरा, बुटवल, विराटनगरसहितका स्थानबाट गाडी मात्र उपलब्ध हुँदैनन् । मर्मत र पार्ट्ससमेत सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आएका छाँै । ग्राहकको सुविधाकै लागि हामीले दसँैको अवसर पारेर डबल एडभान्टेज उपहार कार्यक्रम ल्याएका छौँ । योजना अन्तर्गत १ लाख ५० हजार रुपियाँसम्म नगद छुट र सोनीका क्यामरा र एलसीडी टीभी उपहार दिने नीति ल्याएका छौँ, हामीले ।

कति मुलुकमा बिक्री हुँदै आएका छन्, कियाका गाडी ?

१ सय ८० मुलुकमा बिक्री हँुदै आएका कियाका गाडी अमेरकिा, युरोप र अस्टे्रलियामा बढी लोकपि्रय मानिन्छन् ।

केलाई सफलता मान्नुहुन्छ ?   

पहिले वर्षमा दुई दर्जन गाडी बिक्री गर्न धौ धौ पथ्र्याे । अहिले वर्षमा चार/पाँच सय गाडी बिक्री गर्न सफल भएका छाँै, हामी ।

साना गाडीको बिक्री कस्तो छ नि ?

बजार बर्सेनि बढ्दो छ । अहिले वाषिर्क १५ प्रतिशतको हाराहारीमा बजार बढिराखेको छ । मुलुकको राजनीतिक अवस्था ठीक भए बिक्रीको रफ्तार अझ बढ्ने निश्चित छ ।

कत्रो छ नेपाली कार बजार ?

पछिल्लो समय वर्षमा १० हजार कार बिक्री हुन थालेका छन्, नेपालमा । कुल बजारको ६० प्रतिशत स्थान साना कारले ओगट्दै आएको छ ।

कतिदेखि कति रुपियाँसम्मका छन्, कियाका गाडी ?

१७ लाख ५० हजारदेखि ६५ लाख रुपियाँसम्मका कियाका गाडी स्थानीय बजारमा उपलब्ध छन् ।

Comments :

0 comments to “दसैँ-तिहार उपहारै उपहार”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger