Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आत्मालोचना गरेर आउनेलाई माओवादीमा स्वागत छ: प्रचण्ड

क्वालालाम्पुर मलेसिया एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेर आउनेलाई माओवादीमा स्वागत गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ मलेसिया शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘कसैले सार्वजनिक रुपमा आत्मआलोचना गरेर गणतन्त्रलाई स्वीकार गर्दछ भने कुनै फरक पर्दैन ।’ दाहालले असोज २० गते सम्ममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिनेमा आशावादी रहेको बताउनुभयो । दाहालसँगै पत्नी सिता, छोरा प्रकाश, माओवादी विदेश विभाग प्रमुख कृष्ण बहादुर महरा र एक जना सहयोगीका साथमा अध्यय दाहाल शनिवार मलेसिया आएका हुन् । उनीहरू मलेसियामा सहभागी भएका बैठकहरूका बारेमा मलेसियाका संचार माध्यमहरूले समेत थाहा पाउन सकेका छैनन् । पत्रकारहरूसँग निकै टाढा रहेका महरा भने संचारकर्मीहरूसँग बोल्न चाहेनन् । यसैबीच नेपाली दुतावास मलेसियाले गरेको एक कार्यक्रममा बोल्दै माओवादी अध्यक्षले काठमाडौमा पासपोर्ट लिनेको लाईन देख्दा आफूलाई निकै दुख लाग्ने गरेको बताए ।

Comments :

0 comments to “आत्मालोचना गरेर आउनेलाई माओवादीमा स्वागत छ: प्रचण्ड”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger