Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

संखुवासभा गुरुङ समाजको दशैं

हङकङ / सधैं खचाखच हने मकी हिलको डाडो यो साता त्यस्तो देखिएन । विजया दशमीको उपलक्ष्यमा विभिन्न समाजहरुले आयोजना गरेको कार्यक्रममा खासै उल्लेख्य सहभागिता नदेएतिा पनि उक्त डाडो नेपालीमय नै देखिन्थ्यो । हङकङको ब्यस्तता अनि विजया दशमीको टीका एकै दिन परेको हुनाले सहभागितामा कमी भएको तर्क तेर्स्याउ“छन् कार्यक्रमका एक सहभागी श्रीमती शान्ता गुरुङ । संखवासभा गुरुङ (तमू) सामज, नेवार समाज, थकाली समाज साथै अन्य समाजहरुको दशैं कार्यक्रममा विविध नेपाली परम्परा संस्कृति देख्न पाउँदा नेपाल नै पुगेको अभास मिल्थ्यो । मिति अक्टोवर १७ तारिखका दिन मंकिहिलमा सल्लाहकार उपेन्द्र कोरङ्गीको प्रमुख आतित्थ्यतामा सम्पन्न संखुवासभा गुरुङ (तमू) सामजको दशैं कार्यक्रममा समाजका वयोबृदा श्रीमती चन्द्र कुमारी गुरुङ, लोहरुङ समाज हङकङका सल्लाहकार राज कुमार राई, संखुवासभा समाजका उपाध्यक्ष तुल बहादुर गुरुङ,सल्लाहकारहरु डम्बर घले असइ् हर्क बहादुर गुरुङ, कर्ण कोरङगी लगायतको उपस्थिति थियो । प्रमुख अतिथि कोरङगीले मुलुक अहिले धर्म निरपेक्ष भइसकेको सन्दर्भमा सबै नेपालीहरुको साझा चाडको रुपमा दशैलाई मनाउनु पर्ने भनाइ राख्दै सबै जिल्लावासी तमू एवं नेपालीहरुमा विजया दशमीको शुभकामना ब्यक्त गरेकाथिए । शुभकामना ब्यक्त गर्नेहरुमा लोहरुङ समाजका राज कुमार राई, तमू समाजका सल्लाहकारद्वय डम्बर घले अर्सइ र हर्क बहादुर गुरुङ थिए । कार्यक्रमका सभापति लाल बहादुर गुरुङले उपस्थित सबै अतिथिहरुलगायत जिल्लावासीहरुमा विजया दशमीको शुभकामना ब्यक्त गर्दै नेपाल चार जात छत्तीस जातको फूबवारी भएकोले सबै जातजाति र भाषाभाषीले फल्ने फुल्ने अवसर पाएमा मात्र देश समृद्ध हुने धारणा ब्यक्त गरेका थिए ।
उपाध्यक्ष अजम्बर घलेद्वारा संचालित कार्यक्रममा सचिव नयन गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । ब्यबस्थापन समाजका कोषध्यक्षसल बहादुर कोरङगी अन्यमा कुमार गुरुङ, कृष्ण कुमार गुरुङ, लोक प्रसाद घले, कमान सिं गुरुङद्वारा ब्यबस्थापन गरिएको उक्त कार्यक्रममा व्रि्रम गुरुङले भीडीयोग्राफी गरेका थिए । मध्यान्ह ३ बजे बाट शुरु गरिएको उक्त कार्यक्रम राति ९ बजेसम्म विविध सांस्कृतिक मनोरन्जनका साथ सम्पन्न भएको थियो ।

Comments :

0 comments to “संखुवासभा गुरुङ समाजको दशैं”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger