लोकगीत संगीतमा चर्चित गायक तथा संगीतकार नारायण रायमाझीले निर्देशन गरेको ‘गोर्खा पल्टन’मा फैजमा जाने नेपालीको कथा-व्यथा प्रस्तुत गरिएको छ ।
निर्माण पक्षले सोमबार राजधानीमा गरेको कार्यक्रममा हिरो प्रशान्त तामाङले आफू पनि पल्टनमा भएकाले अभिनय गर्न निकै सजिलो भएको बताए ।
निर्देशक नारायण रायमाझीले आफ्नो फिल्ममा मौलिक नेपाली कथा पस्किएको दाबी गर्नुभयो । राजेश बंशल र सुरज बंशलले निर्माण गरेको गोर्खा पल्टनका गीत फिल्म प्रदर्शनपूर्व नै चर्चित भएका छन् ।
फिल्ममा प्रशान्तका अलावा रञ्जिता गुरुङ, सुनील थापा, कविता आले, श्रीप्रसाद थापा, शेरबहादुर गुरुङ, तारा शर्मा, गोपाल भुटानी, प्रेमदेव गिरीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “गोर्खा पल्टन देशभर एकैसाथ”
Post a Comment