रमेशचन्द्र अधिकारी
धनकुटा, आश्विन २७
धनकुटा नगरपालिका ४ देब्रेबास घर भएका ३२ वर्षिय पर्वत राई बाहिनीस्थित आफैले प्रयोग गर्ने भान्छा कोठामा मृत फेला परेको स्रोतले जनाएको छ । मंगलबार राति ९ बजेसम्म साथीहरुसँग खाना खाएर सुतेका राई मृत भेटिएका थिए । उनी विगत १० वर्षदेखि सैनिक सेवामा कार्यरत थिए । प्रहरीले घटनास्थल मुचुल्का सुरु गरेको छ भने लाशको पोष्टमार्टम बुधबार नै गरिने सैनिक स्रोतले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ
- धनकुटास्थित नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेमा कार्यरत एक सैनिक शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।
Comments :
0 comments to “सैनिकको रहस्यमय मृत्यु”
Post a Comment