१. दसैंमा किनमेल गर्न कहाँ-कहाँ जानुहुन्छ?
हुन त अरूबेला पनि धेरै किनमेल गर्छु। दसैंकै लागि भनेर त्यस्तो फरक हुँदैन। तैपनि न्युरोड, दरबारमार्ग, ब्लुबर्डतिर मलाई मन पर्ने सामान पाइन्छ। यसबाहेक ठमेलतिर किनमेल गर्छु। ठमेलमा खर्च बढी हुन्छ।
२. क-कसलाई विशेष के के किनिदिने विचार छ?
आजबाट बल्ल दसैंको किनमेलमा हिँड्दैछु। परिवारका सबै सदस्यलाई अवश्यक लुगाकपडा किनिदिन्छु। ममीलाई साडी र छोरीलाई इच्छा अनुसारको लुगा। बहिनीहरूलाई टि-सर्ट र पाइन्ट। श्रीमान प्रायः आफै किनमेल गर्नुहुन्छ। तैपनि पाइन्ट र सर्ट किनिदिनुपर्ला।
३. आफ्नो लागि के किन्नुहुन्छ?
आफ्नो लागि यसपालि सफ्ट र चम्किलो किसिमको साडी किन्ने विचारमा छु। फिक्का पहेँलो, हरियो र निलो कुन लिने भन्ने द्विविधा चाहिँ छ।
४. किनमेल गर्न कोसँग जानुहुन्छ?
दसैंको किनमेल भएकोले सपरिवार जान्छु। छोरी र ममीलाई प्रायः छुटाउँदिन।
५. बजारमा महँगी बढेको महसुस भएको छ कि छैन?
साधारण नेपालीको कमाइले दसैं टार्न ज्यादै अप्ठ्यारो छ। अघिल्लो वर्षको हेरिकन यस वर्ष अत्याधिक महँगी बढेको छ। सरकारले महँगी नियन्त्रणमा ध्यान दिएका छौँ भने पनि सर्वसाधारण मर्कामै छन्।
६. दसैंमा बढी खर्च केमा हुन्छ, लुगाफाटा कि खानपिन?
खानपिनमै बढी खर्च हुन्छ। समाजमा इज्जत धान्ने बहानामा खसी ढाल्नै पर्यो। त्यसपछि मासु खाने भनेर सानो जमघट हुन्छ। अनि जाँडरक्सी र तास खेल्नै पर्ने। मिठो खाने भन्दै बढी पैसा खानपिनमै सकिन्छ।
७. तपाईको दसैं बजेट पाँच वर्षअघिको भन्दा अहिले कति गुणा बढेको छ?
खर्चको हिसाबले तेब्बर बढेको छ। तैपनि पुग्दैन होला। सामानको मूल्य बढेको छ। अझ कहिलेकाहीँ त बढी पैसा दिए पनि सामान पाइन्न।
८. बजारमा एकदम भीड छ। अप्ठेरो लाग्दैन?
भीडभाड धेरै हुन्छ। त्यसैले मुखमा मास्क र टाउकोमा टोपी लगाएर हिँड्छु। तर, कहिलेकाहीँ फ्यानहरूले चाल पाइहाल्छन्।
९. कतिको खर्चालु हुनुहुन्छ?
अनावश्यक खर्च गर्दिन। खर्च गर्नु पर्ने ठाँउमा लोभ पनि गर्दिन।
१०. बार्गेनिङ कतिको गर्नुहुन्छ?
सकेसम्म सामान किनमेल गर्दा बार्गेनिङ हुन्छ। दसैंमा त यसै पनि १० देखि १५ प्रतिशत छुट नै दिन्छन्।
११. दसैंमा दिइने यस्ता छुटमा विश्वास लाग्छ?
अलिअलि लाग्छ। तर, छुट भन्दैमा मानिसहरू अनावश्यक सामान किन्छन् आवश्यक छ भने महँगो सामान पनि किन्नु पर्छ। आवश्यक नै नभएको सामान घरमा थुपार्नु ठिक होइन।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “‘मास्क र टोपी लगाएर किनमेल गर्छु’”
Post a Comment