नबराज पन्थी (कुबेत)
जन-जागृती युवा समाज कुबेतका एक प्रतिनिधि मण्डलले नेपाली दुतावासमा गई कुबेतका लागि नेपाली राजदुत मधुबन प्रसाद पौडेल तथा द्वितिय सचिव पुष्पराज भट्टराईसँग बिहीवार भेटबार्ता गरेकोछ । भेटका क्रममा वैदेशिक रोजगारका लागि कुवेत प्रवेश गर्ने महिला तथा पुरुष कामदारका समस्या र समाधान विषयमा छलफल भएको थियो ।
उक्त छलफलमा समाजका अध्यक्ष दीपक क्षेत्रीले हाल नेपालमा कुवेत आउने कामदारहरुलाई कुनै किसिमको अभिमुखिकरण तालिमको व्यवस्था हुन नसकेका कारण यहाँ आउने कामदारहरु यहाँको भाषारहनसहन परम्परा आदीकुराको ज्ञानको कमिले विभिन्न समस्यामा पर्ने गरेको बताउदै उक्त समस्यालाई आफ्नो समाजको तर्फबाट केहि कम गर्न सकिन्छ कि भन्ने हेतुले जनचेतनामुलक अभियान शुरु गरेको कुरा उल्लेख गर्दे यस अभियानमा दुतावासको सहयोग र सल्लाहको लागि विशेष अनुरोध गर्नुभएको थियो भने समाजका उपाध्यक्ष ठाकुर पौडेलले आफु विगत १९ वर्षदेखि कुवेतमा रहि आएको र यहाँका वस्तुस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै नेपाली कामदारहरु यहाँ आएर झेल्नुपर्ने समस्याको बारेमा जानकारी गराउनु भयो । समाजका अन्य प्रतिनिधिहरु छत्र कार्की टीकाराम आचार्य कृष्ण मल्ल आस बहादुर नेपालीले पनि आ-आफ्नो धारणा व्यक्त गर्नुभयो ।
जन-जागृती युवा समाजले चालेको यो अभियान अत्यन्त महत्वपूर्ण र कुवेतको नेपाली समाजमा सान्दर्भिक देखिने हुनाले दुतावासले उक्त अभियानलाई खुलेर सहयोग गर्ने र नेपालमै पनि विभिन्न महिला सरोकारसँग सम्बन्धित संघ-संस्थाहरु समक्ष जन-जागृतीको यो अभियानलाई पुर्याउन आफुले सकेको मद्दत गर्ने आश्वासन राजदुत पौडेलले दिनु भयो । त्यस्तै गरी दुतावासका सचिव भट्टराईले पनि गाउँ-गाउँमा यस्ता खालका सन्देश पुर्याउन नेपाली एफ एमहरुमा पनि जानकारीमुलक सन्देश दिन सके अझ प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।
अन्तमा जन-जागृतीले चालेको यो अभियान गैर कानूनी आवासलाई कम गर्नको लागि भए पनि गैर कानूनी भई बसेकाहरुलाई के गरिदैछ र नेपाली दुतावासले पनि फिलिपिनो दुतावासले जस्तो ६-६ महिनामा घरेलु महिला कामदारहरुलाई दुतावासमा उपस्थित गराउने वातावरण मिलाउन सक्दैन भनि समाजका अध्यक्ष क्षेत्रीले राखेको जिज्ञासामा गैर कानूनी भै बसेकाहरुलाई अब केहि दिन मै सेल्टर शुरु हुने र महिला कामदारलाई दुतावासमा उपस्थित गराउने सन्दर्भमा भने हाम्रो संयत्र अहिले तयार भैनसकेकोले तत्काल त्यसो गर्न नसक्ने तर २-३ वर्ष भित्र सबै मेकानिजम तयार भै समस्यालाई विलकुलै न्युनिकरण गराउने विश्वास महामहिम राजदुत पौडेलले दिलाउनु भयो ।
Browse » Home »
प्रवास समाचार
» जन-जागृती युवा समाज र दुतावासको भेटघाट
जन-जागृती युवा समाज र दुतावासको भेटघाट
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “जन-जागृती युवा समाज र दुतावासको भेटघाट”
Post a Comment