२२ असोज, । हिन्दुहरुको महान चाड वडादशै आजबाट सुरु भएको छ । दशै प्रारम्भ भएको आज पहिलो दिन घरघरमा जमरा राखि घटस्थापना मनाइदै छ । शुद्ध माटो र जौँ मा मकै मिसाएर पुजाघरमा राखी नवदुर्गा चण्डी पाठ पारायण गरी घटस्थापना गरिन्छ । नेपाल पन्चांग निर्णायक समितिले जमरा राख्न विहान ९ बजेर ४१ मिनेट जाँदाको समय उत्तम साइत मानेको छ । सो समयमा चित्रा नक्षत्र पर्ने भएकोले चित्रा शान्ति गरेर मात्र जमरा राख्न अनुरोध गरिएको छ ।
नवरात्रभरि शक्तिको प्रतीक देवी दुर्गा भवानीको विभिन्न नौं स्वरुपको पूजा गरिन्छ । यसरी मातृशक्तिको आह्वान र आराधना गर्दै दसैं घरमा उमारिएको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवतालाई अर्पण गरी प्रसादको रुपमा रातो टीकासहित लगाउने गरिन्छ ।
पन्चांग समितिले समय ठोस गरेपनि कतिपय परिवारले आज साँझ मात्रै जमरा राख्ने गर्दछन् ।
Browse » Home »
राष्ट्रिय समाचार
» दशै आरम्भ, आज घटस्थापना / घर घरमा जमरा राखिदै
दशै आरम्भ, आज घटस्थापना / घर घरमा जमरा राखिदै
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “दशै आरम्भ, आज घटस्थापना / घर घरमा जमरा राखिदै”
Post a Comment