Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मिस नेपाल आज चीन जाँदै

स्मृति ढुंगाना
, काठमाडौं, असोज १५- मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ मिस वर्ल्डमा सहभागी हुन शुक्रबार चीन प्रस्थान गर्दैछिन्। कार्तिक १३ गते हुने मिस वर्ल्डको फाइनल चरणसम्म आफू टिक्ने विश्वास सदीक्षाको छ। उनी चीन पुगेपछि एक महिना बन्द प्रशिक्षणमा रहनेछिन्।
उनले हेल्थ हाइजिनिक ब्युटी कन्सेप्टको नेपाली नृत्य ट्यालेन्ट राउन्डमा देखाउँदैछिन्। १२० देशको सहभागिता रहने मिस वर्ल्डमा भिड्न आफू पूर्ण रूपले तयार रहेको उनले बिहीबार बताइन्।
'यसपटक मिस वर्ल्डमा नेपालको स्थान केही अघि पुर्‍याउने छु,' उनले भनिन्। उनले प्रकृति जोगाउने किसिमको सन्देश समेत त्यहाँ साट्ने विचार राखेकी छिन्। मिस वर्ल्डमा गए पनि उनले यसपटकको दशैं र तिहारलाई निकै सम्झने छिन्। 'मेरो मन पर्ने पर्व हो, दशैं। यसपटक मनाउन पाउँदिन,' उनले भनिन्। उनले मयुरको प्वाँख र सिस्नुबाट तयार भएको गाउन लगाउँदैछिन्।

फस्ट रनरअप सहना बज्राचार्य भियतनामको हो चि मिन्हमा हुने मिस अर्थमा सहभागी हुन कात्तिक १८ मा प्रस्थान गर्नेछिन्। उनी त्यसका लागि वातावरणसम्बन्धी विभिन्न विषयमा जानकारी बटुलिरहेकी छिन्। उनी नेपाली संस्कृति र भूगोलको अध्ययनमा व्यस्त छिन्। बिहीबार पत्रकार भेटघाटमा उनी मिस अर्थको गेटअपमा देखिएकी थिइन्।
मिस अर्थमा देखाउन उनले १० देखि १५ मिनेटको डकुमेन्ट्री पनि तयार पार्दैछिन्। डकुमेन्ट्रीमा जलवायु परिवर्तनको मुद्दालाई उनले समावेश गरेकी छिन्। 'जयवायु परिवर्तनले गर्दा सगरमाथाको हिउँ पग्लने क्रममा छ,' उनले भनिन्। अरूको भर पर्नु भन्दा पनि आफैबाट वातावरण जोगाउन कदम चाल्नु पर्ने धारणा राख्छिन् उनी।
सगरमाथा बेस क्याम्पमा पवतारोहीहरूले फालेको फोहोरबाट तयार गरिएको बास्केट र अन्य सामग्रीलाई उनले उपहार स्वरूप भियतनाम लैजाँदैछिन्। 'यसअघि नेपाली खुकुरी र टोपी लैजाने गरिन्थ्यो,' उनले भनिन्।
सेकेन्ड रनरअप संयुक्ता तिम्सिनाले पनि चीनको चेङदुमा हुने मिस इन्टरनेसनलमा भाग लिनेछिन्। उनी कात्तिक ३ मा चीनतर्फ जानेछिन्। जापानबाट सञ्चालन हुने मिस इन्टरनेसनलमा सहभागी हुन संयुक्ता चिनियाँ भाषाको कक्षा लिँदैछिन्। त्यसबाहेक उनले पनि नेपाल पर्यटन वर्ष २०११ को प्रवर्द्धन गर्दैछिन्। उनले चाहिँ सगरमाथाको अलावा सबैभन्दा सानो मान्छे खगेन्द्र थापाको नामबाट नेपालको परिचय गराउँदैछिन्।

इन्टरनेशनल क्ल्व सानेपामा आयोजित कार्यक्रममा उनले पनि सदीक्षा जस्तै नेपालको स्थानलाई केही अगाडी लैजाने धारणा राखिन्।

त्यसबाहेक पनि उनले आफ्नो वीरताको पहिचान समेत मिस वर्ल्डको प्रतियोगितामा दिदैछिन्।'हामी वीर गोर्खालीका सन्तान हौँ।यसको परिचय मैले त्यहाँ दिन्छु। आफ्नो आत्मविश्वास र निडरताको सकारात्मक परिचय दिन्छु।' उनले भनिन्। यसपटक उनले मयुरको प्वाँस र सिस्नुबाट तयार भएको गाउन लगाउदैछिन्।'म नेपालको परिचय सगरमाथा र विर गोर्खालीबाट गराउदैछु। ' आफु पर्यटन वर्ष २०११को एम्बेस्डर समेत भएकोले उनले विभिन्न देशका प्रतिनिधित्वहरूलाई नेपाल आउने अभिप्रेरित गर्ने धारणा बनाएकी छिन्।

Comments :

0 comments to “मिस नेपाल आज चीन जाँदै”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger