Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दाहाल आज मलेसिया जाने

आश्विन १५ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक कार्यक्रममा भाग लिन शुक्रबार मलेसिया जान लगेका छन् । चिनियाँ संस्थाले गर्न लागेको कार्यक्रममा भाग लिनका लागि दाहाल साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
बेइजिङस्थित एसीया प्यासिफिक एक्सचेन्ज एण्ड को अपरेसन फाउण्डेसनको आयोजनामा क्वालालाम्पुरमा हुने तीन दिने अन्र्तक्रियमा उनी सहभागी हुनेछन् । उनले त्यहाँ नेपालको भू राजनीतिक अवस्था,शान्ति प्रक्रिया लगायतका विषयमा धारणा राख्नेछन् । उनको साथमा माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र छोरा प्रकाश पनि मलेसिया जानेछन् । मलेसियाबाट फर्केपछि दाहाल संघाई एक्स्पोमा भाग लिन चीन जाने कार्यक्रम छ ।

Comments :

0 comments to “दाहाल आज मलेसिया जाने”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger