नायिका मेलिना मानन्धर आमा बन्ने भइन्
असोज १४ । एकताकाकी चर्चित नायिका मेलिना मानन्धर(ढकाल) आमा बन्ने भएकी छिन् । केही समय यता सार्वजनिक जीवनमा नदेखिएकी मेलिना केही महिनापछि आमा बन्दैछिन् । डेढ बर्षको प्रेम पछि दुई वर्ष अघि मेलिनाले नायक मुकेश ढकालसंग विबाह गरेकी थिइन् । मेलिनाको कोखमा अहिले सात महिनाको बच्चा रहेको मेलिनाका नजिकका एक नातेदारले बताए ।
मेलिनाको स्याहार सुसारमा दिन गुजारिरहेका ढकालले केही दिन अघि श्रीमती मेलिनालाई लिएर ओम अस्पताल पुगेका थिए । मेलिना आमा बन्न लागेको खबर सार्वजनिक भएपछि अहिले उनको घरमा र मोवाइलमा बधाईको ओइरो लाग्न थालेको छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “नायिका मेलिना मानन्धर आमा बन्ने भइन्”
Post a Comment