\'नजानु भनेर फर्काउँछौ । कसैले टेर्दैनन्,\' इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्ष्ाक देवी फागो भन्छन् । उनका अनुसार यो नाकाबाट प्रवेश गर्ने सयौंलाई सीमाबाटै फकाएर अभिभावकको जिम्मा लगाइने गरिएको छ । कतिपयले नकलबन्दा, बाहुनडाँगी, सतीघट्टा, भद्रपुरलगायत नाकासमेत प्रयोग गर्ने गरेका छन् । महिलाहरुलाई रोक्न भनेर माइती नेपाल र साना हातहरू नामक गैरसरकारी संस्थाहरू सीमामा तैनाथ छन् । कतिपय ती संस्थाको आँखा छल्दै बाहिरिने गरेका छन् ।
घरेलु कामदारका रूपमा रोजगारी र राम्रो कमाइ हुने ठाउँमा पुर्याइदिने भन्दै विभिन्न प्रलोभनमा पारी एजेन्टहरूले नेपाली महिलालाई भारतको बाटो हुँदै लिएर जाने गरेका छन् । यस्तो काममा महिलाकै संलग्नता बढी पाइएको छ । विदेश बसेर फर्किएका अधिकांश महिला यस्तो गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले महिलालाई सीमाबाट फर्काए पनि उनीहरूलाई पठाउने दलाललाई भने पक्राउ गरेर कारबाही गर्न सकेको छैन । यो नाकाबाट जाने धेरै महिला विभिन्न यातना सहेर फर्किएको पाइएको छ । यसरी जाने अधिकांश महिला सस्तो श्रम गर्न बाध्य रहेको प्रहरीको भनाइ छ । उनीहरू घरेलु कामदार भनेर जान्छन् । काम भने अर्कै गर्नुपर्ने बाध्यता छ । खाडी मुलुकमा प्रायः नेपाली महिलामाथि यौनजन्य हिंसा अत्यधिक हुने गरेको
छ । यो नाकाबाट महिलाहरू कुवेत, इजरायल, कतार, साउदीलगायत खाडी मुलुक जाने गरेका छन् । माइती नेपालले पाँचवर्षे अवधिमा १ हजार ६९ जना महिलालाई सीमाबाट रोकेर अभिभावकको जिम्मा लगाएको जनाएको छ ।
पूर्वी नाका हँुदै वैदेशिक रोजगारीको बहानामा भारत जान लागेका ती महिलालाई प्रहरीको सहयोगमा सीमामै रोकिएको हो । माइती नेपाल पूर्वाञ्चल कार्यालय प्रमुख गोविन्द घिमिरेका अनुसार २०६३ मा २ सय १७, ०६४ मा १७८, ०६५ मा २८४, ०६६ मा २ सय ६० र चालू आर्थिक वर्षमा १ सय ३० जना महिलालाई सीमाबाट फर्काइएको छ ।
साना हातहरू नामक संस्थाले पनि एक वर्षमा करिब त्यत्तिकै संख्यामा महिला फर्काइएको जनाएको छ । उसले सन् २००९ को जुनदेखि सन् २०१० सम्ममा करिब १ हजार २ सय महिलालाई सीमाबाटै उद्धार गरी अभिभावकको जिम्मा लगाएको जनाएको हो । वैदेशिक रोजगारीका लागि जाने अधिकांश दलित, आर्थिक अवस्था कमजोर भएका र बेरोजगार महिला छन्









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “महिला बिदेसिने क्रम रोकिएन”
Post a Comment