Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

नेपालकुवेत मेनपावरका सदस्यहरु भित्र आफनै पोल खोला खोलको खेल सुरु !!

नबराज पन्थी "पिडित"  
सत्य तथ्य आउन थाल्यो बाहिर नेपालकुवेत मेनपावर एसोषिएसनको  आबद्ध भई नेपाल बाट घरेलु कामदार कुवेत  भित्र्याउने एजेन्टहरु एकले अर्कोको पोल खोल्न थालेका छन । दूताबासका सचिब छानबिनको लागि एअरपोर्ट पुग्नु नेपालकुवेत मेनपावर भित्र  पुलिसले छापा मारे भन्दा धेरै तहल्का मच्किएको छ । मिडियामै तेरो र मेरो फल्नो ढिस्कानो सुरु भएको छ ।   
    सधैं चर्चाको सिखरमा रहने खाडी मुलुक कुबेतमा फेरी अर्को बिबादित चर्चा सुरु भएको हो । केही समय पहिला नेपाली दूताबास कुबेत र कुबेतमा कार्यरत संघसस्था, एजेन्सी बीच भएको बिबाद सेलाउन नपाउदै दुताबास र एजेन्सी बीच बिबाद फेरी सुरु भएकोछ । नेपाल कुबेत म्यान पावर एजेन्सी जस्तो आफूलाई पवित्र सस्था थान्ने नेपाली कामदारको हकहित सुरक्षा अनी ठगिनबाट रोक्न नेपाली दुताबाससँग समन्वय गरि अघि बढने उदघोस गरि कुबेतमा स्थापना भएको छोटो समयमा उकत  सस्थाका पदाधिकारी आपसी मनमुटाब र आरोप प्रत्यारोपमा लागेका छन् । कहीले भुपाल गिरीको निस्कासन हो वा बिद्रोह सम्बन्धी कुरा कहीले कुमार झापालीको प्रतिक्रिया आदि इत्यादी हुँदै हिजो नेपाल कुबेत डटकममा प्रकासित नेपाल कुवैत एसोषिएसनको छाता ओढेर दुतावासको नीति विरुद्धमा पदाधिकारी शिर्सकमा नेपालकुवैत मेनपावर एसोषिएसनको गठनको घोषित उद्देश्य विपरित सो सघका जिम्मेवार सदस्यको मिलेमतोमा नेपाली महिला कामदारहरु सेटिङ्गमा कुवैत आउने क्रम बढेको  नेपालवाट कुवैतका लागि उडेका २६ जना मध्ये ४ जनाको मात्र दुतावासमा दर्ता भएको प्रमाणित कागजात रहेको नेपाली दुतावासका सचिबको नेतृत्वमा कुवैत विमान स्थल पुगेको टोलीले एराईभल हुने नेपालीको पासर्पोट एवं भिषा जाँच गर्दा सो कुराको पुष्टि भएको थियो । समाचारमा रशुल बक्स मियाले आफ्नो नाम मात्र प्रकासित भएकोमा आपत्ति कमेन्ट मार्फत जनाउदै थप नेपाल बाट महिला काम्दार मगाउने आफु जस्तै सयात्री साथीहरुको नाम खुलासा गर्नु भएकोछ । उक्त कमेन्टमा रशुल बक्स मियाले लेखेको खुलासा जस्ताको तस्तै यहाँ राखिएकोछ ।
27 सेप्तेम्बेर, मा परकशित समाचर हेर्दा म असारय चकित् भये किनकी हिजो आएका महिला हरुमा मेरो १ जना मात्रा हो समाचार मा २ जना लेखिएको रहेछ र मैले थाहा पाये सम्म धेरै जना साथीहरु को महिला आएको थियो भने मेरो मात्र नाम किन आयो किन अरु साथी हरु को नाम आएना यस्तै गरी साथीहरु मा के के श्रेष्ठ का २ जना, राजु थापा का ४ जना, अशोक तमाङ का ३ जना, कुमार झापाली का २ जना, बोम थापा का ३ जना,नवराज श्रेष्ठ को ४ जना, रिता गुरुङ को ३ जना, पेमा लामा का ३ जना,गीता गुरुङ का २ जना,जमाल बङाली का २ जना,अब्दुल सत्तर का २ जना, ॐ आचार्य का २ जना, यी सबै साथी भाई हरु का हुन। यस्मा मेरो आप्तती छ । मेरो मात्रै किन नाम आयो। एस्को जवाब पत्रकार महोदय ज्यू ले दिनु होला । यी सबै सुचित नेपाल बाट नै भएकोले जवाफ दिन तैयार छु . रशुल बक्स मिया  
यसरी एउटै सस्थाको पदाधिकारी आपसमा पोलापोल गर्ने आरोप प्रत्यरोप गरी दुताबासलाई चुनौती दिने आरोप लगाउनु कहाँ सम्म जायज होला । नेपाल कुबेत म्यान पावर एजेन्सी जस्तो सस्थामा बसेर आफै लामा आफै धामि भने जस्तो काम गर्दा कुबेतबासी नेपाली माझ कस्तो छाप पर्ला अनी सस्था कै पदाधिकारीले नियम कानुन मान्दैन भने अरुबाट के आशा गर्ने यस कुरामा सबैले ध्यान पुर्याउन जरुरी छ।

Comments :

0 comments to “नेपालकुवेत मेनपावरका सदस्यहरु भित्र आफनै पोल खोला खोलको खेल सुरु !!”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger