Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

पहिचान खोज्दै मलेसियाका नेपाली व्यवसायीहरु

मलेसियामा व्यवसाय संचालन गरेर वसिरहेका नेपाली व्यवसायीहरुले आफ्‍नो पहिचान र मान्यता खोजेका छन् । व्यवसायीहरु एक जुट भइ आफ्‍नो अस्थित्व खोज्न थालेका हुन् । नेपाली विजिनेश सोसाइटी मलेसियाको स्थापना गरि उनीहरुले नेपालका व्यवसायी भनेर चिनाउन सरकारसँग माग गरेका छन् ।
होटल, रेष्टुरेन्ट, विभिन्न पसल आदि व्यवसाय संचालन गर्ने व्यवसायीहरुले सरकारवाट मूल्यङ्‍कन गरी मलेसियाका नेपाली व्यवसायी भनेर चिनाउन आग्रह गरेका छन् ।

नेपाली विजिनेश सोसाइटी मलेसिया र रोजगार मञ्चवीच भएको अन्तकि्या कार्यक्रममा व्यवसायीहरुले सो कुरा राखेका हुन् । सोसाइटीका अध्यक्ष राजेश श्रेष्ठका अनुसार विदेशमा लगानी गर्ने नेपालीहरुको पहिचान नै छैन, अव यसको खोजी हामीले गर्ने छौ । उनले भने  - \' मलेसियामा व्यवसायको ठुलो संभावना छ तर नेपाल सरकारले व्यवसायी भनेर चिनाएको छैन , अव हामी चिनाउन पहल गरिरहेका छौ ।\'

अर्का पुराना व्यवसायी तथा यस सोसाइटीका पूर्व अध्यक्ष कर्मदोर्जी शेर्पाका अनुसार सरकारले मलेसिया नेपाली व्यवसायको पुरानो इतिहाँस भइसक्दा पनि कुनै सरकारी पहल हुन नसक्दा जस्ताको त्यस्तै रहनु परेको छ ।
 

Comments :

0 comments to “पहिचान खोज्दै मलेसियाका नेपाली व्यवसायीहरु”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger