Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सवै नेताले भने- 'सहमतिको विकल्प छैन'


नेपाली कांग्रेसको १२ औ महाधिवेशनको उदमघाटन सत्रमा शुभकामना दिन खुलामन्च पुगेका संविधानसभामा प्रतिनिधित्व गर्ने सवैदलका नेताहरुले आफ्नो भाषणमा दलहरुबीच मिलेर अघि बढनुको विकल्प नभएको बताएका छन् ।

नेपाली कांग्रेसले ती दलका नेताहरुलाई शुभकामनाका शव्द अर्पण गर्न मौका दिएको थियो । प्राय सवै नेताले शान्ति र संविधानको रक्षाका लागि पनि मिल्नुको विकल्प नभएको औल्याएका थिए । त्यसरी धारणा व्यक्त गर्नेमा अग्रपंङतीमा थिए एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड । उनले सहमतिका लागि आठौ चरणको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने भन्दै  भाग नलिने घोषणा गरे । दर्शकहरुको हुटिङ पछि  निकै आक्रामक शैलीमा प्रस्तुत भएका उनले सहमतिका लगि आफूले प्रधानमन्त्री पदको रेस छाडिदिएको बताए ।

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका प्रत्यासी बनेका संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलले पनि सहमतिको विकल्प नभएको बताए । उनले सहमतिका लागि आफूले पनि प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिने तर त्यसका लागि माओवादीले हतियारको राजनीति छाडनु पर्ने बताए ।

त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले अहिले बहुमतियले काम नगर्ने भन्दै आफ्नो पार्टी प्रधानमन्त्री पदको निर्वाचनमा तटस्थ बसेको स्पष्ट पारे । उनले एमालेले बढो जिम्मेवारी का साथ सहमति कायम गर्न तटस्थ बसेको भन्दै अरु पार्टीले सहयोग गर्नु पर्नेमा जोड दिए ।

त्यसैगरि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि आफूहरु सहमतिको पक्षमा लडेको दावी गरे ।

उनले सहमतिका लािग ठूला दलहरु असफल भएको भन्दै बरु सानादललाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिनुपर्ने बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले सहमतिको खाचो छ भन्ने जान्दा जान्दै ठुला पार्टीको सत्ता मोहले पछिल्लो अवस्था आएको आरोप लगाए ।

त्यस्तै सहमतिको पक्षमा भाषणलाई चर्को बनाउनेमा जनमोर्चा नेपाल अध्यक्ष चित्रबहादुर केसी  राजपा का अध्यक्ष सूर्यवहादुर थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा  नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरु थिए ।

Comments :

0 comments to “सवै नेताले भने- 'सहमतिको विकल्प छैन'”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger