Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आफ्नै घरको रोटी खाँदा ११ सिकिस्त


आफ्नै घरमा बनाएको रोटी खाँदा मकवानपुरको हटीया गाबिस-३ ठुलो गंगटेका ११ जना बिरामी परेका छन्। विरामी मध्ये ५ जनाको अबस्था चिन्तजनक रहेको छ। उनीहरुको हेटौंडा अस्पतालमा सामान्य उपचार पछि भरतपुर रिफर गरिएको छ। आज बिहान घरमा बनाएको रोटी खाँदा स्थानीय लिला मानन्धरको परिवारका ११ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गम्भीर बिरामी हुनेमा कृष्ण मानन्धर, बिकास मानन्धर, राजु मानन्धर, पुजा मानन्धर र सपना मानन्धर रहेको प्रहरीले जनाएको छ। अन्य बिरामीमा देबिमाया मानन्धर, सुनिता मानन्धर, समिला मानन्धर, बिराज मानन्धर, देबिकुमारी मानन्धर, र दिलबहादुर मानन्धर छन्।
घरमा नै राखिएको मकैको पिठोमा माथि राखिएको मेटासिट परेकाले यस्तो भएको हुन सक्ने प्रहरीले जनाएको छ।

Comments :

0 comments to “आफ्नै घरको रोटी खाँदा ११ सिकिस्त”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger