Browse » Home » » १० गते नयाँ प्रधानमन्त्री चुनिने प्रधानमन्त्रीको विश्वास
१० गते नयाँ प्रधानमन्त्री चुनिने प्रधानमन्त्रीको विश्वास
२८ भदौ, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले असोज १० गते हुने प्रधानमन्त्री चुनावमा नयाँ प्रधानमन्त्री चुनिने विश्वस ब्यक्त गरेका छन । जनकपुरमा आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले दलहरुबीच अविश्वासको खाडल अत्यन्तै गहिरो भएकाले सहमति र सहकार्यको वातावरण विग्रेको पनि बताएका छन । उनले नेकपा एमाले राष्ट्रिय सहमतिको प्रस्तावमा सक्रियतापूर्वक सहमति कायम गराउन प्रयासरत् रहेका कारण आगामी १० गते राष्ट्रले नयाँ प्रधानमन्त्री पाउने विश्वास व्यक्त गरे । त्यसैगरी उनले माओवादीले शान्ति र संविधानप्रति प्रतिबद्धता जनाएर अगाडी आए दलहरुबीच पुनः सहमति र सहकार्यको वातावरण बन्ने पनि बताए । त्यस्तै उनले सरकार बनाउन माओवादीका नेता कृष्णबहादुर महराको टेप प्रकरण गणतन्त्रात्मक पद्धतिविरुद्ध भएको पनि बताए ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “१० गते नयाँ प्रधानमन्त्री चुनिने प्रधानमन्त्रीको विश्वास”
Post a Comment