Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

अनमिन विवाद मिलाउन प्रधानमन्त्री र प्रचण्डले वार्ता गर्ने


काठमाडौँ, भदौ २८ / अनमिनबारे उत्पन्न विवाद सुल्झाउन प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने भएका छन । सरकार र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको दोस्रो तहमा भएको छलफलमा सहमति नभएपछि शीर्ष तहमा सोमबार छलफल हुन लागेको सस्कृतिमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । माओवादी लडाकुको समायोजन र पुनर्स्थापना सम्बन्धी कार्यतालिकामा हस्ताक्षेर गरेपछि अनमिनको म्याद र कार्यादेशका विषयमा सहमति हुने सरकारी अधिकारीहरुले बताएका छन । सरकार र एकीकृत माओवादीले फरक /फरक पत्र पठाएपछि सुरक्षा परिषद अनमिनबारे अलमलमा परेको छ ।
आइतबारको वार्तामा सहभागी एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति भयो भनेको केही समय बित्न नपाउदै सोही वार्ताबाट बाहिरिएका गृहमन्त्री भिम रावलले सहमति हुन अझै बाँकि रहेको बताएका थिए ।

Comments :

0 comments to “अनमिन विवाद मिलाउन प्रधानमन्त्री र प्रचण्डले वार्ता गर्ने”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger