Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

पुरक परीक्षामा ६७ प्रतिशत उत्तीर्ण

भक्तपुर, आश्विन ७ - यस वर्षको एसएलसी पुरक परीक्षामा ६७ दशमल ४० प्रतिशत  विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १ लाख ३ हजार ७ सय ५२ सहभागी भएकोमा ६९ हजार ९ सय ३० विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्रथम श्रेणीमा १५ सय ५१, द्वितियमा ५१ हजार ६९ र तृतिय श्रेणीमा १७ हजार ३ सय १० उत्तीर्ण भएका छन् । यस वर्ष पनि ५ नम्वर ग्रेस दिइएको छ ।
गत साउन ३० देखि भदौ ६ गतेसम्म भएको एसएलसी पुरक परीक्षामा १ लाख ३ हजार ७ सय ५२ सहभागी थिए । दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीले पुरकमा सहभागी हुन पाउँछन् ।
यस वर्ष सवैभन्दा बढी अंग्रेजी विषयमा ५५ हजार १ सय १७ परीक्षार्थी सहभागी थिए । यसैगरी गणितमा  ४६ हजार ६ सय २०, विज्ञानमा २७ हजार १ सय ४ जना विद्यार्थी सहभागी थिए ।
यस वर्ष सवैभन्दा बढी कैलालीबाट ३ हजार ९ सय ७६ जना सहभागी थिए भने मुस्ताङबाट १५ जना विद्यार्थी सहभागी थिए ।

Comments :

0 comments to “पुरक परीक्षामा ६७ प्रतिशत उत्तीर्ण”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger