आश्विन ७ - पत्रकार शंकर खरेल र गायक सुमित खड्काको गिती एल्बम 'सात सालअघि र पछि' बिहीबार राष्ट्रपति रामवरण यादवले राजधानीमा सार्वजनिक गरेका छन् । शंकर खरेलसहित तारिणीप्रसाद कोइराला र उमा शर्माको रचना रहेको एल्बममा प्रजातान्त्रिक नेपाल रेडियोकी प्रथम गायिका रानुदेवी अधिकारीसँगै सुमित खड्काको स्वर सुन्न सकिन्छ ।
एल्बममा ६ गीत छन् । विमोचन कार्यक्रममा राष्ट्रपति यादवले लगभग हराइसकेका प्रतिभाको खोजी गरी सार्वजनिक गर्ने पत्रकार खरेल र खड्काको प्रयासको सराहाना गरे ।
राष्ट्रपति यादवले प्रजातन्त्रका लागि लडेका ज्ञातअज्ञात सहिदको सपना सम्मुन्त र संविधानमुखी राष्ट्रको कल्पना रहेको उल्लेख गर्दै शान्तिका पक्षमा कसैले पनि बाटो बिराउन नहुनेमा जोड दिए । संस्कृतिमन्त्री डा. मिनेन्द्र रिजाल, पूवमन्त्री महेश आचार्य, संविधानसभाका सदस्य मोती दुगड, उद्यमी नन्दकिशोर राठी, पत्रकार शंकर खरेल, गायक सुमित खड्कालगायतकाले राज्यले हराएका प्रतिभाको खोजी गर्नुपर्नेमा जोड दिए ।
आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा होस् । लड्दा-लड्दै मरे मरौला यो एउटा नै नारा होस्...सात सालको क्रान्तिका बेला १६/१७ वर्षिया गायिका रानुदेवी अधिकारीले यहि गीत गाएर क्रान्तिमा होमिन आन्दोलनकारीलाई हौस्याएकी थिइन् । सात सातको क्रान्तिमा अधिकारीले पहिलोपटक यहि गीत नेपालमै पहिलोपटक स्थापित प्रजातान्त्रिक नेपाल रेडियोमा गाएकी थिइन् ।
बनारसको सम्पन्न परिवारबाट एउटा आन्दोलनकारी अधिकारी परिवारमा बुहारी बनेर भित्रिएकी रानुदेवी पौडेल (अधिकारी) नोना कोइरालाकी बहिनी हुन् । उनले क्रान्तिपछिको केही समयसम्म गायनमा रमेर ५ दशकभन्दा बढी समय ओझेलमा परेकी थिइन् ।
लगभग लोप भइसकेका गीतहरुलाई मेहनतका साथ संकलन गरेर 'सात साल अघि र पछि' नाम दिई एल्बम तयार भएको पत्रकार खरेलले ईकान्तिपुरलाई बताए ।
अधिकारी झण्डै ६० वर्षछि त्यहि गीत रेकर्ड गराउन स्टुडियोमा थिइन् । 'खासै फरक अनुभव त भएको छैन' उनले सुनाइन्-'त्यसबेला 'लाइभ' गाउनु पथ्र्यो अहिले विस्तारै गाउँदा पनि हुने रहेछ, यो प्रविधिमा आएको परिवर्तन हो ।' एल्बममा आज देशको मात्र होइन बुढापाकाले अझै पनि गुनगुनाउने नेपाली अघि बढ क्रान्ति झण्डा लिई.... सहित जुनेली रातहरु गम्कन्छ बाँस हजुर....फागुनको सितल बतास...., चरी उड्यो भुरुरुरु....गीत एल्बममा समावेश छन् ।
यसबाहेक शंकर खरेल रचनाको अधिकारीले ५६ वर्षछि रेकर्ड गराएको 'जागे नेपाली उठ नेपाली शान्ति लिएर, हत्या र हिंसा पन्छाउँदै हातेमालो गरेर...., बोलको गीत एल्बममा छ । बोनस गीतका रुपमा नोना कोइरालाको अनुपस्थितिमा उमा शर्माले लेखेको नोना आमा तिमि गयौ...लाई पनि राखिएकोछ । एल्बम तारिणीप्रसाद कोइराला र नोना कोइरालामा समर्पितछ ।
तारणीप्रसादको शब्द र संगीतमा क्रान्तिपछिका गीत भारत कोलकातामा रेकर्ड भएका थिए । ती गीतमध्ये केही रेडियो नेपालबाट अहिले पनि विरलै बज्छन् । अन्यत्र ती गीत हम्मेसी फेला पर्दैनन् । 'इतिहासलाई जिवन्त राख्न पनि हामीले नयाँ संस्करण सार्वजनिक गरेका हौं' रचनकार खरेल र गायक सुमित खड्काले भने
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “खरेल र खड्काको गिती एल्बम सार्वजनिक”
Post a Comment