Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दशैंको उपहार नयाँ सरकार: खनाल

सुरेश यादव
 जनकपुर, असोज १४- एमाले अध्यक्ष झलनाथ खनालले मुलुकले दशैंको उपहारको रुपमा नयाँ सरकार पाउने बताएका छन्।  दलीय स्वार्थमा अल्झेर विलम्ब भइरहेको प्रधान मन्त्री छनौट दुई साताभित्रै राष्ट्रिय सहमतिबाट पूरा हुने उनले दाबी गरे। ‘दलीय स्वार्थका कारण तीन महिना ढिलो भएको प्रधान मन्त्री छनौट प्रक्रिया परिवर्तन भएको छ’- उनले भने।खनालले एमाले प्रधान मन्त्रीको कुर्सी पाउन खिचातानी गर्नुभन्दा संविधान निर्माण र शान्ति प्रक्रियाको टुङ्गो लगाउन उपयुक्त वातावरण निर्माणका लागि सहमतीय सरकार गठन गर्ने पक्षमा रहेको बताए। कसैले टीका लगाएर प्रधान मन्त्री चयन हुँदैन भन्दै उनले यसका लागि भरपर्दो दललाई नेतृत्व गर्ने अवसर प्रदान गर्न संविधानसभामा सहभागी दलहरुलाई आग्रह गरे। राष्ट्रिय सहमतिको विरोध राष्ट्र विरोधीले मात्रै गर्ने उनले जिकिर गरे।खनालले राष्ट्रिय सहमतिविनाको सरकार गठन भए पनि त्यसले जनताको नयाँ संविधान बनाउन नसक्ने ठोकुवा गरे। ‘संविधानसभा गठन भएको झन्डै अढाई वर्ष बितिसक्यो तर, बहुमतीय सरकारकै कारण सभाले उद्देश्य पूरा गर्न सकेनन्’, उनले भने- ‘अब राष्ट्रिय सहमतिविनाको सरकारले संविधान नबन्ने निश्चित छ।’सञ्चारकर्मीको जिज्ञासामा खनालले फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य पूरा गरिनुपर्ने बताए। ‘नागरिकता नभएका नेपाली नागरिकका लागि जिल्ला प्रशासन खुल्ला छ। यसैले जारी मतदाता नामावली सङ्कलन कार्य पूरा हुनुपर्छ’- उनले भने। ‘वास्तविक नागरिक छुट्नु हुँदैन। गैर नागरिक मतदाता बन्नुभएन’- उनको भनाई छ।
 अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्न बिहीबार जनकपुर आएका खनालले सञ्चारकर्मीसित भने- ‘अब राष्ट्रिय सहमतितर्फ सबै दल केन्द्रित भइसकेकाले यो दशैंको उपहारको रुपमा मुलुकले नयाँ सरकार पाउने निश्चित भएको छ।’
 

Comments :

0 comments to “दशैंको उपहार नयाँ सरकार: खनाल”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger