Browse » Home » » सदीक्षा भइन् मिस नेपाल
सदीक्षा भइन् मिस नेपाल
काठमाण्डौ । यस वर्षको मिस नेपालको उपाधी सदीक्षा श्रेष्ठले जितेकी छिन् । बुधबार राजधानीमा सम्पन्न प्रतियोगितामा १७ जना युवतीलाई पछि पार्दै काठमाण्डौकी १९ वषिर्या सदीक्षा श्रेष्ठले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । प्ले मिस फोटोजेनिक, अर्बिट मिस पर्सनालिटी र सेफ्टी मिस स्मार्ट वाल्कमा समेत सदिक्षाले कब्जा जमाइन् । यसअघि सन् २००९ को मिस नेपाल जेनिसा मोक्तानले जितेकी थिईन् । त्यसैगरी फस्ट रनर अप सहाना बज्राचार्य भइन् भने संयुक्ता तिम्सिना सेकेन्ड रनरअफ भएकी छिन् । प्रतियोगितामा डाबर वाटिका मिस ब्युटिफुल हेयर सुजाता स्वाँर, फेम मिस ब्युटिफुल कम्प्लेक्सन पि्रया रानी लामाले जितेकी छिन् भने मिस व्यूटिफूल स्माइल अनिता आचार्यले जितिन् ।
डाबर स्पेशल हिडन ट्रेजर मिस नेपाल प्रतियोगितालाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए । नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो । त्यसपछि त्यो संख्यालाई २४ मा छाँटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो ।
मिस नेपाल बन्नेलाई ५० हजार नगद र चेरी कार प्रदान गरिएको छ । फस्ट रनर अपलाई ३५ हजार र महिन्द्रा रोडियो स्कुटर र सेकेन्ड रनर अपलाई २५ हजार प्रदान गरिएको छ । प्रत्येक टाइटल जित्नेलाई पनि १० हजार नगद पुरस्कार प्रदान गरिएको छ । यस पटक प्रतियोगितामा चासो राख्नेहरूले एसएमएसवाट आफूलाई मन परेको प्रतियोगी छान्ने अवसर दिइएको थियो । महिला अधिकारकर्मी तथा एकीकृत नेकपा माओवादीको भगिनी संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको बिरोधका कारण यसअघि सन् २००७ र सन् २००८ मा मिस नेपाल प्रतियोगिता हुन सकेको थिएन ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “सदीक्षा भइन् मिस नेपाल”
Post a Comment