आयो दशैं बढ्यो सपिङ
नेपालीहरू विशेषतः हिन्दू धर्मावलम्बीहरूको महान् चाड दशैं नजिकिँदै गइरहेको छ।
यसले गर्दा दशैंको चहलपहल पनि क्रमशः बढ्दै गइरहेको छ। लाग्छ, दशैं नजिकै संघारमा आइपुगेको छ। यस्तो महत्वपूर्ण र रमाइलो चाड अझ उल्लासपूर्ण बनाउने सोचमा छन्, सबै। दशैंको नजिकिँदो समयसागै दशैंको सपिङ पनि बढ्दै गइरहेको छ। त्यसो त, सपिङ प्रायः जुनसुकै समयमा पनि गर्ने गरिन्छ। तर, चाडपर्वका अवसरमा नयाँ नयाँ पहिरन तथा अन्य आवश्यक सामान किन्नु धेरैको रुचि पनि हुनसक्छ, साथै बाध्यता र रहर पनि। त्यसैले त, कुनै चाडपर्व विशेषमा सपिङ गर्नेहरूको धेरै भीड देखिने गर्दछ। दशैंका बेला सपिङ गर्ने योजना हुनसक्छ, धेरैको। यस्तै सोचाई बनाएकी छन्, कमला श्रेष्ठले। कस्तो सामान किन्न रुचाउाछिन् त उनी? उनले भनिन्, 'दशैंका बेला घरमा आवश्यक सरसामान किन्नु त छादैछ। यसबाहेक कपडा पनि नयाा किन्न मनपर्छ'रे उनलाई। विशेषतः नयाा डिजाइनको साडी बनाउन मन पर्दोरहेछ। सबैले नयाा नयाा डिजाइनका साडी लगाउादा आफूलाई पनि त्यस्तै बनाउन मन लाग्ने उनको भनाइ थियो। तर, केही समयअघि मात्र परीक्षा सकिएकाले अब फुर्सद्मा सपिङ गर्न जाने बताइन्, सुस्मिता थापाले। भर्खरै स्नातक तेस्रो वर्षको परीक्षा सिध्याएकी उनले भनिन्, 'केही समयअघिसम्म त पढाइमा नै व्यस्त भइयो। त्यसैले, अब सपिङ गर्न जाने सोचाइमा छु।' सपिङमा विशेष उनी के रुचाउाछिन् होला? उनले भनिन्, 'दशैं पनि नजिकै आइसक्यो। त्यसैले, नयाा डिजाइनको कुर्ता सलवार किन्ने सोचाइमा छु। अन्य प्रकारका कपडा अरु समयमा पनि किनिहालिन्छ नि।' यस्तो पहिरन छान्नुको खास उद्देश्य रहेछ, दशैंमा नयाा डिजाइनको कुर्ता सलवार लगाउने। चाडपर्वका बेला पारिवारिक जमघटमा कुर्ता सलवार लगाउन राम्रो लाग्ने उनको भनाइ थियो। उनकै साथी सोफियाको पनि अब सपिङ गर्ने सोचाइ रहेछ। त्यसो त, अन्य समयमा पनि फुर्सद् हुनेबित्तिकै सपिङ गर्नु उनको सौख नै हो'रे। तर पनि कुनै चाडपर्व वा विशेष अवसरहरू भए त्यस्तो बेलामा सपिङ गर्न मनपर्छ'रे उनलाई। किन त? विशेषतः लुगा कपडा नै किन्न रुचाउने उनले भनिन्, 'त्यसबेला सोही अवसरलाई लक्षित गरेर नयाा नयाा डिजाइनका कपडाहरू भित्रिएका हुन्छन्। त्यसैले, त्यहीबेला किन्न गए नयाा नयाा डिजाइनका कपडा किन्न पाइन्छ नि।' के किन्न रुचाउाछिन् त उनी? खासगरी टिसर्ट, पाइन्ट, स्कर्ट किन्न रुचाउने उनले चाडपर्वका बेला भने कुर्ता सलवार पनि लिने गरेको सुनाइन्। तर, चाडपर्वको नजिकिादो समयमा त्यति सपिङ गर्दैनन्'रे, आशीष क्षेत्री। बीबीए अध्ययनरत उनले भने, 'चाडपर्वकै लागि भनेर सपिङ गर्दिन। आवश्यक परे जहिले पनि सपिङ गर्न जान्छु।' उनका अनुसार चाडपर्वका बेला सामानको मूल्य केही महागो पर्ने भएकाले पनि चाडबाडको नजिकै त्यति सपिङ नगर्ने उनको भनाइ थियो। दशैंको सपिङ गरिसके त उनले? उनले भने, 'के सपिङ गर्ने र, केटाहरूको जति नै नयाा भने पनि त्यही टीसर्ट, पाइन्ट त हो।' उनका अनुसार केटाहरूको तुलनामा केटीहरू सपिङको धेरै सौखिन हुन्छन्। त्यसैले, सपिङ पनि केटीहरूले नै बढी गर्ने उनको भनाइ थियो। यो भनाइसाग सहमत छन्, अस्मिता खड्गी पनि। स्नातक अध्ययनरत उनले भनिन्, 'फेसन परिवर्तन भइरहन्छ। विशेषतः युवतीहरूका लागि नयाा नयाा फेसन आउने गर्दछ। भर्खरै चलेको फेसन केही समयपछि परिवर्तन भइसकेको हुन्छ, यसले गर्दा पनि केटीहरू बढी सपिङ गर्ने गर्दछन्।' तर, उनी स्वयं भने सपिङ क्रेजी छैनन्'रे। उनले भनिन्, 'सपिङ गर्न मनपर्छ, तर क्रेजी चाहिा होइन।' आवश्यकताअनुसार सपिङ गर्न जाने उनी यसपटकको दशैंका लागि भने सपिङ गर्न गएकी छैनन्'रे। सपिङ गर्न जाादा वान पिस ड्रेस साथै कुर्ता सलवार किन्ने उनले बताइन्। यसबाहेक केही एक्सेसरिज पनि किन्ने उनको सोचाइ रहेछ। पढाइको सिलसिलामा राजधानीमा छन्, दिनेश भट्टराई। स्नातक अध्ययनरत उनी दशैंको विदामा चितवन घर जाने गर्दछन्। त्यसैले, समय मिलाएर दशैंको सपिङ गर्ने सोचाइ बनाएका उनले भने, 'दशैंमा घर जानुपर्छ। उता गएर सपिङ गर्न भ्याइादैन। त्यसैले, फुर्सद्मा सपिङ गर्न जाने सोचाइ छ। साथीहरूसाग सपिङ गर्न रुचाउने उनी पाइन्ट, टीसर्ट किन्छन्'रे। आफूलाई निकै फेसनेबल भन्न रुचाउाछन्, रबिन श्रेष्ठ। उनलाई विदाका बेला विन्दास भएर हिाड्न मन लाग्दोरहेछ। त्यसैले, लुगाबाहेक उनी अन्य एक्सेसरिज पनि किन्ने गर्छन्'रे। त्यसैले, यसपटकको दशैंको विदा पनि बिन्दास भएर मनाउने सोच रहेछ, उनको। त्यसैले, दशैंका लागि एक पटक त सपिङ गर्न जानै पर्यो नि भन्छन् उनी। जे होस्, एउटा महत्वपूर्ण चाड दशैं आइसकेको छ। दशैंको रौनकताले धेरैलाई छोइसकेको छ। यही सेरेफेरोमा दशैंको सपिङ गर्नेहरूको भीड पनि बढ्दै गइरहेको छ। विभिन्न सुपर मार्केट र सपिङ मलहरूमा देखिने भीडले पनि यही पुष्टि गर्दछ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “आयो दशैं बढ्यो सपिङ”
Post a Comment