असोज, ताप्लेजुङ । पर्यटन वर्ष २०११ लाई मध्यनजर गरी देशभरिका मुख्य तर यात्रा गर्न कठिन पर्यटकीय स्थलहरूको दर्शनका लागि हेलिकोप्टरबाट सेवा दिइने भएको छ । तीर्थालुको चाप बढ्ने बेला दसैं, तिहार र छठको अवसर पारेर देशभरका मठ मन्दिर र तीर्थस्थलहरूमा यस्तो सेवा सुरु गर्न लागिएको हो । पूर्वी नेपालका ताप्लेजुङको पाथीभरा, खोटाङको हलेसी तथा अन्य यस्तै प्रकारका मठ मन्दिरमा दर्शनार्थीहरूलाई हेलिकोप्टरबाट आवतजावत गर्न ‘मेची टुर एन्ड ट्राभल्स प्रालि’ले यस्तो सेवा दिने तयारी गरेको हो ।
यसले आउनजान कठिन ठानिएका तीर्थस्थलहरूमा यही असोज २४ गतेदेखि यस्तो सेवा सुचारु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत अनुमति माग गरेको जनाएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी ईश्वराज रेग्मीले अनुमति माग भएबमोजिम सुरक्षा समितिको बैठक बसी स्वीकृति प्रदान गरिने सङ्केत दिनुभएको छ । उहाँले पर्यटन वर्ष देशकै महìवपूर्ण चाड भएकाले यसलाई सघाउने जुनसुकै अभियान सेवा भावपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस प्रालिले यसअघि झापाको चन्द्रगढीदेखि पाथीभरा धामको दर्शन गरी पुनः चन्द्रगढीसम्म पुग्ने गरी हवाइ सेवाको अवधारणा अघि सारिएको हो । जसका लागि उसले प्रतिव्यक्ति ३० हजार रुपियाँ लिने भएको छ । खोटाङमा रहेको हलेसी महादेवको दर्शनका लागि पनि चन्द्रगढीदेखि हलेसी हँुदै पुनः चन्द्रगढीसम्मकै यात्रा तय गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “तीर्थयात्रुलाई हेलिकोप्टर सेवा”
Post a Comment