Browse »
Home » » कुवेतमा धमाकेदार प्रश्तुति गरि यो वर्ष मनैभरि हर्ष बनायो तिज बिशेष कार्यक्रमले
मनोज काफ्ले / मनसुन
नेपालकुवैत सांस्कृतिक मंच ले प्रस्तुत गरेको तिज विशेष कार्यक्रम वास्तव मै चेलीहरुलाई समेटेर वहाँ हरुको दुख सुखमा साथ दिन देशको झल्को मेटाउने अत्यान्तै रमाइलोगरि मनाइयो l दिदि बहिनीको साडीको पहिरनले त्यो कार्यक्रम अतिनै मनोरन्जनात्मक बन्यो भने नाना थरि नौला नौला प्रस्तुति प्रस्तुत गरेर नेपालकुवैत सांस्कृतिक मंचका कलाकार सबै वहा वहाका पात्र अवश्य भए
निश्चित समय भन्दा केही लेटमा शुरु भएको कार्यक्रममा सुरुदेखिनै रमाइला गित हरुमा छम्म छम्म नाचेको देख्दा कसलाई पो खुसी भएन होला र अझ त्यसमाथी साडी बितरणले सुनमा सुगन्ध थप्यो मरुभूमिको कोशेलीका एम डी तथा नेपालकुवैत डट कमका प्रधान सम्पादक राजन रिमालको संयुक्त प्रस्तुतिलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत चेप्टरका महासचिव तोयानाथ दाहाल उपेक्षितले साथ दिनु भएको थियो भने साडी पाउने भाग्यशाली चेली हरुको जज माननीय अतिथि ज्यु हरुबाट भएको थियो सुरु देखिनै धमाकेदार प्रस्तुति गरि श्री सुजन केसीले कहिले हसाउदै त कहिले कसैका मायाका चिट्ठी खुलाउन समेत पछी पर्नु भएन लामा लामा नंग हुनेले साडी पाए, लामो लालो केश हुनेले साडी पाए, श्रीमानको चिट्ठी आफु संगै राख्नेले साडी त धेरै रंगका पहिरन झल्काउनेले पनि साडी जिते पल भरमा भन्न कठिन थियो अब के हुन्छ र साडी कसले हात पार्छ ? माहोल उल्लाशमय बन्यो भने अत्यान्तै धैय धारण गरि पुरुषहरु कुर्सीमाथी उभिएरै भएपनि त्यो रमाइलो हेर्न पछी परेनन् भने करिव २००, ३०० भन्दा धेरै कार्यकमको हाल बाहिरै बाट हास्दै र रमाउदै थिए तिनीहरु बाहिरै भएपनि यस्तो लाग्थ्यो उनीहरुले पनि आफ्नै अगाडी कार्यक्रम हेरीरहेका छन l खचाखच भरिएको हालमा पुरुष तर्फ खुट्टा टेक्ने सम्म पनि ठाउं थिएन भने महिला तर्फ नाच्नको लागि कुर्सी हटाइएको थियो उता स्टेजमा नृत्य अर्को तिर रातो साडीमा सजिएकी चेलीको मन थामिएको थिएन नाच्न मै व्यस्था देखिन्थे l धेरैले कुवेतमा हुने सास्कृतिक कार्यक्रममा पटक धेरै रमाइलो भयो भनेको सुन्न पाउदा सुन्नेपनी उत्साहित भएको देखिन्थ्यो l कार्यक्रममा एन आर एनका अधयक्ष श्री राजेन्द्र तामांग ज्युले मंच बाटै १०१ कुवेती दिनार सांस्कृतिक मंचलाइ सहयोग गर्नु भएको थियो भने विभिन्न संघ संथाबाट पनि विभिन्न तौर र तप्काबाट सहयोग भएको थियो l कुवैतमा यस्तो माहोल सुन्दरतामा मोहकता थपिने खाले कार्यक्रम फेरी फेरी पनि हेर्न पाउने आशा गरौ l कार्यक्रममा नेपाली दुताबास बाट कुवैतनेपाल डट कम सगरमाथा क्लव नयाँ नेपाल क्लव एन.आर.एन कुवैत, कालीगण्डकी बचत समूह, नेपालकुवैत म्यान पावर एशोसियसन, जना जागृति टिम कुवैत लालीगुराँस सास्कृतिक परिवार, नेपालकुवैत पत्रकार महासंघ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत चेप्टर तथा विभिन्न संघ संथाका बुद्धिजीवी हरुको बाक्लो मात्रामा उपस्थिती रहेको थियो l
Comments :
0 comments to “कुवेतमा धमाकेदार प्रश्तुति गरि यो वर्ष मनैभरि हर्ष बनायो तिज बिशेष कार्यक्रमले”
Post a Comment