। भाद्र २८ - 'बिहे भनेको समाजले बनाएको बन्धन हो, सिन्दुर-पोतेले रंगाइदिँदैमा जीवन रंगीन हुन्छ नै भन्ने छैन । त्यसका लागि त एक-अर्काको माया र साथ चाहिन्छ ।' नारी अधिकारवादीको जस्तो लाग्ने यो संवाद फिल्म 'पलपलमा' मा पतिको माया र साथ पाउन नसकेकी एक अभागी पत्नीको हो, जो पतिबाट पाउन नसकेको चीज परपुरुषबाट पूर्ति गर्न विवश छे
शुक्रबारदेखि रिलिज गरिएको उकेश दाहाल निर्देशित फिल्म 'पलपलमा' ले प्रेम सम्बन्धका विभिन्न यथार्थपरक पाटोलाई उजिल्याउने प्रयास गरेको छ । आदर्श प्रेम र व्यावहारिक प्रेमबीचको द्वन्द्वलाई फिल्म लेखन समेत गरेका निर्देशक दाहालले वास्तविकताको नजिक रहेर उतार्ने काम गरेका छन् । पछिल्लो समय फरक धारका नेपाली फिल्म रिलिज भइरहेको बेलामा 'पलपलमा' ले पनि महिला-पुरुष सम्बन्धलाई फरक पाटोमा देखाउन खोजेको छ ।
सडक बालबालिका राहुल -दिलीप रायमाझी) र आदित्य -रमित ढुंगाना) दयालु विदेशी नागरिक मिसेज ज्याक्सनको सहयोगमा कलेजसम्मको मुख देख्न त सफल हुन्छन् तर अन्नदाता नै नरहेपछि भने उनीहरूलाई पढ्नका अलावा छाक टार्नै मुस्किल पर्न थाल्छ । सहरकै प्रतिष्ठित कलेजमा पढ्न पाएका उनीहरूसँग साथीभाइको औकातका अगाडि साख बचाइराख्न पैसा हुँदैन ।
यस्तैमा आदित्यको भेट एक छोरीकी आमा मोनिका -सुजाता सिटौला) सँग हुन्छ । विवाहबन्धनमा बाँधिए पनि पति विदेशमा भएकाले उनमा मायाको भोक हुन्छ । पैसाको अभावमा भोको पेट बस्नुपर्ने आदित्यलाई पैसा दिएर मायाको भोक मेटाउन ऊ सफल हुन्छे । आदित्य पनि ठान्छ, 'माया दिएर खुसी लिएको छु ।' मोनिकासँगको सम्बन्धलाई 'साइड जब' बताए पनि ऊ विस्तारै उनको प्रेममा पर्दै जान्छ र चाँडै विवाह गर्ने सोचाइमा पुग्छ ।
उता 'साइड जब' का कारण साथीमा आएको अकस्मात्को परिवर्तनको रहस्य थाहा पाएपछि यसमा राहुल पनि लठि्ठन थाल्छ । आदर्श प्रेममा विश्वास गर्ने राहुल साथीको 'आदर्श प्रेमले पेट भरिंदैन, व्यवहारिकतामा आउनै पर्छ' भन्ने भनाइमा अन्ततः सहमत हुन्छ र रश्मीला -रूपा राना) सँगको संसर्गमा आउँछ । उनी पतिले छोडेकी महिला हुन् ।
सन्तान जन्माउन अक्षम पति भए पनि धर्मपुत्रीका रूपमा मालिनी -शशि खड्का) लाई पालेकी उसलाई समाजले भने उल्टै बाँझी आइमाई भन्छ । राहुलसँगको सम्बन्धले गर्भवती भएपछि भने ऊ आफूलाई पूर्ण नारी भएको भन्दै समाजलाई देखाइदिने सोचमा रम्छे ।
सवा दुई घन्टा लामो फिल्ममा त्यसबाहेक पनि कलेजकै साथी रोजी -असीम राना) ले आदित्यलाई गर्ने एकतर्फी माया, देव -विक्रान्त बस्नेत) को अपरिचित आईडीबाट संगीता -उषा पौडेल) सँग गरेको 'च्याट-लभ' का पटकथाले पनि फिल्मलाई रमाइलो बनाएका छन् ।
दुःखान्त झैं लाग्ने फिल्ममा देवले मात्र प्रेममा सफलता पाउँछ । आदित्यलाई नपाएर रोजीले गरेको आत्महत्या, यौन सन्तुष्टिका लागि प्रयोग गरी विवाह गर्न मोनिकाले इन्कार गर्दा आदित्यको बेहालभन्दा पनि राहुलको अवस्था नाजुक छ । विदेशमा रहेकी गर्लप|mेन्ड नै उसले सम्बन्ध राख्दै आएकी महिलाकी धर्मपुत्री भन्ने खुलेपछि दुई प्रेमबीचको द्वन्द्वको चपेटामा आफूलाई नियन्त्रण गर्न सक्दैन ।
कथामा केही नवीनता पस्कन खोजेको फिल्म 'पलपलमा' ले पटकथालाई सावधानीपूर्वक बाँध्न सकेको देखिन्छ । संवादमा सजीवपना दिन फिल्म धेरै हदसम्म सफल भएकैले पनि कलाकारका अभिनयमा खासै नाटकीयता हेर्नु पर्दैन, दर्शकले । खासगरी दिलीपको अभिनयले दर्शक हँसाउन सफल छ । खलपात्र नै नभएको फिल्ममा द्वन्द्वका दृश्य छैनन् । संगीतमा महेश खड्काको काम ठीकठाक छ ।
वसन्त श्रेष्ठ, पुनम राई र विजय नकर्मीको कोरियोग्राफी शीर्षक गीतमा राम्रै छ । हरिहर आचार्य निर्मित फिल्म 'पलपलमा' को राम्रो पक्ष यसको दृश्य परिवर्तन पनि हो । विमल ढकाल र महेन्द्र थापाले खिचेका दृश्यलाई तारा थापा 'किम्भे' को सम्पादनले आकर्षक बनाएको छ ।
केही बेड सिन र विषयवस्तुका कारण पनि सेन्सर बोर्डले पहिलो पटक एडल्ट फिल्मको मान्यता दिएको उकेशको डेब्यु फिल्म 'पलपलमा' केही कमजोरी नभएका होइनन् । बच्चादेखिकै साथीले अकस्मात् थालेको 'साइड जब' के-कस्तो हो भनेर खोज्नुको साटो पैसामा मात्रै रमाएको देखाइनुले केटौले बनाएको छ ।
गरिबीकै बीचमा हुर्केको आदित्यले एक दृश्यमा कार हाँकेको देखाइनु स्वभाविक
लाग्दैन । बरु कारकै धनी मोनिकालाई चलाउन लगाएको भए अर्थपूर्ण देखिने थियो । आफ्नो ब्वाइप|mेन्ड नै आमाको पार्टनर भएको थाहा पाएपछि किञ्चित् अविचलित नभई उल्टै आफ्नै लागि प्रेमको भीख माग्ने मालिनीको नियति त्रुटिपूर्ण छ । फिल्ममा मदिराको अत्यधिक प्रयोगले भद्दा बनाएको छ । त्यसैगरी होश गुम भएको बिरामीलाई पनि पागलसँगै पुनःस्थापना केन्द्रमा देखिनु अस्वभाविक लाग्न सक्छ ।
समाजको कटु यथार्थलाई कथानकता दिइएको फिल्मले जति वजन पाउनुपर्ने हो, यसमा प्रयुक्त केही दृश्यले नै घटाएको छ । सस्तो प्रचारका लागि राखिएका कामुक दृश्यले समग्र फिल्मप्रतिको हेराइमा नकारात्मक असर पुर्याउन सक्छ । जसले गर्दा फिल्म हेर्नुपर्ने वास्तविक दर्शक पहिले नै बिच्किन सक्छन् भने प्रचार गरिएअनुसार फिल्म हेर्न आउनेले भने फिल्ममा 'केही पनि नदेखेर' खिस्स पर्ने खतराले फिल्मले नकारात्मक प्रतिक्रिया पाउन सक्छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “प्रेम नपाउनेको पीडा”
Post a Comment