Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रेमीसँग विश्वास गरेर घुम्न जाँदा धनकुटामा एक युवतीले ज्यान

सिद्धराज राई, धनकुटा, भदौ २९- प्रेमीसँग विश्वास गरेर घुम्न जाँदा धनकुटामा एक युवतीले ज्यान गुमाउनुपरेको छ। आत्महत्या गरेर मरेकी भनिएकी खोकु –४ धनकुटाकी जयकुमारी राईको आफ्नै प्रेमीले हत्या गरेर झुण्डाइएको प्रहरीले बताएको छ। धनकुटा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गरिरहेकी राईलाई शनिबार धनकुटाको गुराँसे डाँडामा रहेको भेडी गोठमा झुण्डिएर मरेको अवस्थामा प्रहरीले फेला पारेको थियो। धनकुटाबाट घर हिँडेकी राईलाई आफ्नै प्रेमीले हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। नेपाली सेनामा कार्यरत् उनका प्रेमी फरार रहेकाले नाम गोप्य राखेको प्रहरी नायब उपरीक्षक अरुण बिसीले बताए। उनको पहिचान भइसके पनि लुकेर बसेकाले प्रहरीले खोजिरहेको छ।
घर हिँडेकी राईलाई उनका प्रेमी र अर्का एक व्यक्तिले मारुती भेनमा राखेर धनकुटाको हिले बजारबाट पाख्रीबास घुमाएर गुराँसे पुर्‍याएर हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको छ। उनलाई यौन शोषण गरी हत्या गरेको प्रहरीले बताएको छ।
झुण्डिएर आत्महत्या गरेको जस्तो बनाइए पनि घटनास्थलको अवस्था त्यस्तो नदेखिएकाले प्रहरीले सो घट्नामा अनुसन्धान सुरु गरेको थियो। यस घटनामा राईका बुबा ज्ञानबहादुर राईले समेत छोरीले आत्महत्या नगरी उनको हत्या भएकाले अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएका थिए।
यस घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न धनकुटाका विभिन्न जातीय संस्थाले समेत दबाब दिँदै आएका छन्। यस घटनामा संलग्न राईको प्रेमीका साथी वसन्त भनिने एकलव्य राईलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। त्यस्तै भेन चालकलाई समेत सोधपुछ गरेको प्रहरीले बताएको छ।

Comments :

0 comments to “प्रेमीसँग विश्वास गरेर घुम्न जाँदा धनकुटामा एक युवतीले ज्यान”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger