Browse » Home » » करोडौको निकाशी कर शुन्य
करोडौको निकाशी कर शुन्य
छेटु शर्ेपा सङ्खुवासभा,
भदौ २३ गते / सङ्खुवासभाबाट बर्षा करोडौ रुपैयाँको कारोवार हुने गरेको छ । यहाँ भारी मात्रामा जिल्लाबाट समान निकाशी भए पनि राजश्व भने उठ्न सकेको छैन । करोड बढीको दाना जिल्ला बाहिर जाने गरेता पनि राजश्व नउठ्दा जिल्लाको आम्दानीमा धक्का पुगेको छ ।
जिल्ला बिकास समितिले दाना खरिद बिक्री गर्ने र निकाशी गर्नेलाई २ प्रतिशत कर लगाएको थियो तर यो कर प्रणालीको बिरोध गदै व्यपारीहरुले बाषिर्क रुपमा जिबिसलाई राजश्व बुझाउने सम्झौता गरेको छ । सम्झौता गरे पनि व्यपारीहरुले भने कर नबुझाउदा यस्तो भएको हो । यो साता मात्र खाँदबारीमा ५० लाखको दाना किनबेच भएको छ । तर राजश्व नबुझाई निकाशी गर्दा जिविसले कुनै पनि चासो देखाएको छैन । निमित्त स्थानीय बिकास अधिकारी लक्ष्मी निरौला भन्नुहुन्छ, कर व्यपारीहरु कर बुझाउन तयार भएका छन् जिविसले म्याद थप्ने निर्ण्र्ाागरेका छौ ।
आर्थिक बर्ष२०६६/६७ मा ६० जना व्यपारीले कर बुझाएका थिए तर यो बर्षभने सालिकराम थापा, तोत्रबहादुर खत्रीले निकाशी करको १० हजार बुझाएका छन् अन्यले भने जिल्ला निशाकीका लागि कर बुझाएका छैनन् । जिविसले व्यपारीलाई ३ तहमा बर्गिकरण गरी कर लगाएका छन् । जसमा १,५ र १० हजार रहेको छ । यस बर्ष५ जनाले १ हजार र ८ जनाले ५ हजारको निकाशी पर्ुर्जी लिएको छ । जसमा नबिकरण र परिचय पत्र लिनेको संख्या भने ८ मात्र रहेको छ । जिविसको तथ्याङक अनुसार गत बर्ष२ लाख ३८ हजार राजश्व संकलन भएको थियो भने यो बर्ष६० हजार मात्र संकलन भएको छ ।
गत बर्षो तुलनामा भने यस बर्षनिकाशी पर्ुर्जी लिनेको संख्या कमी आएको छ । दाना किनबेचको समय अन्तिम हुन लागे पनि पर्ुर्जी नलिइ निकाशी गर्ने गरेका छन् । यसरी निकाशी गर्दा जिल्लाको आर्थिक स्तर न्युन हुने देखिएको छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “करोडौको निकाशी कर शुन्य”
Post a Comment