Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दैनिक ५ घण्टाभन्दा बढी मोवाईल अबरुद्ध


राजु अधिकारी, झापा, भदौ २३- छिनछिनमै सेवा अवरुद्ध हुने समस्याले एक सातायता पूर्वका लाखौं मोबाइल प्रयोगकर्ता हैरान भएका छन्। मेची, कोशी र सगरमाथा अञ्चलमा बिहीबारयता दैनिक ५ घन्टाभन्दा बढी समय मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ। मोबाइलमा नेपाल टेलिकमको सिग्नल देखिए पनि सम्पर्क नहुने समस्याले प्रयोगकर्ता मारमा परेका छन्। लहानदेखि बर्दिबाससम्मको अप्टिकल फाइबरमा खराबी देखिएपछि पूर्वको टेलिफोन सेवा अनियमित बनेको हो। खराबी सुधार्न टेलिकमले तदारुकता नदेखाउँदा समस्या चर्केर गएको छ। एक सातादेखि सेवा अवरुद्ध भए पनि टेलिकमले मंगलबारमात्रै खराबी स्थलमा मर्मतका निम्ति प्राविधिक टोली पठाएको छ। टोली गए पनि तत्काल मर्मत हुने- नहुनेबारे केही भन्न नसकिने टेलिकमको भनाइ छ।मोबाइल सेवा अवरुद्ध हुँदा टेलिफोन प्रयोगकर्ता ल्यान्डलाइन प्रयोग गर्न बाध्य छन्। त्यसको भार थेग्न नसक्दा ल्यान्डलाइन सेवा पनि प्रभावित बनेको नेपाल टेलिकमले जनाएको छ। 'मोबाइल सेवा पूर्व क्षेत्रभरि नै अनियमित छ,' नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्राविधिक प्रमुख शिव राजवंशीले भने 'ग्राहक ल्यान्डलाइनतिर खनिएपछि त्यसले पनि भार थेग्न सकेको छैन।' पूर्वका तीन अञ्चलमा ६ लाख १६ हजार ८ सय ६२ जना टेलिकमको मोबाइलका ग्राहक छन भने २ लाख १७ हजार ३४ सिडिएमएका ग्राहक छन्। ल्यान्डलाइनको ग्राहक संख्या १ लाख १५ हजार ९ सय ६४ छ। यी सबैखाले प्रयोगकर्ता घरिघरी सेवा अवरुद्ध भइरहने समस्याले पीडित छन्।
टेलिफोन सेवामा भएको खराबीले इन्टरनेट प्रयोगकर्ता पनि मारमा परेका छन्। नेपाल टेलिकमको सेवामा निर्भर ग्राहकले एक सातादेखि सेवा उपभोग गर्न पाएका छैनन्। यसले रेमिट्यान्सको कारोबार गर्ने मनि एक्सप्रेस, साइबरलगायत सर्वसाधारण ग्राहक प्रभावित भएका छन्। टेलिकमअनुसार पूर्वमा २ हजार ७ सय ७९ जना इन्टरनेटका ग्राहक छन्।

मेचीको सबैभन्दा व्यस्त जिल्ला झापामा टेलिफोनमा बढी समस्या देखिएको छ। पूर्वी नाका मेचीनगरमा ल्यान्डलाइनसमेत तीन दिनयता छिनछिनमै अवरुद्ध हुने समस्या देखिएको छ। 'मोबाइल र ल्यान्डलाइन दुईटैको भर नभएको एक साता भयो,' धुलाबारीका साइबर सञ्चालक सन्तोष थापा भन्छन्।

Comments :

0 comments to “दैनिक ५ घण्टाभन्दा बढी मोवाईल अबरुद्ध”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger