सुन्दा अचम्म लाग्न सक्छ, मानिसले बोलेकै भरमा पनि कम्प्युटरले काम गर्छ ?अब यो कुरा अनौठो रहेन । दृष्टिविहीनहरूका लागि बनाइएको कम्प्युटरले सजिलै यस्तो किसिमको काम गर्छ । तर,
यो कम्प्युटर विदेशबाट आयात गरिएको भने होइन । थापाथली इन्जिनियरिङ् क्याम्पसमा आईई तेस्राे वर्षमा अध्ययनरत महेश दाहाल, २१, ले यस्तो कम्प्युटर बनाएका हुन् ।
उनले यस कम्प्युटरलाई ‘भ्वाइस इन्जिन’ नाम दिएका छन् । दृष्टिविहीनहरूलाई लक्षित गरेर दाहालले यो कम्प्युटर बनाएका हुन् । कम्प्युटर ‘अन’ गरिसकेपछि आफूले चलाउन खोजेका प्रोग्रामहरू बोलेकै भरमा खुल्ने गर्छन् । यस कम्प्युटरका अगाडि बसेर पंखा, टेलिभिजन गरी सातवटा वस्तु पनि चलाउन सकिन्छ, त्यो पनि बोलेकै भरमा । “अपांगता गएका र दृष्टिविहीन सम्बद्ध संस्थाले यसको प्रयोग गर्न सक्छन्,” दाहाल भन्छन् ।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “बोली बुझ्ने कम्प्युटर !”
Post a Comment