सङ्खुवासभामा दैनिक उपभोग्य बस्तुको अभाव सुरु भएको छ । यहाँ राष्ट्रिय सडकले जोडे पनि बषर्ाद र कच्ची सडकका कारण यातयात सञ्चालन नहुँदा समान भित्रयाउन नसके पछि अभाव शुरु भएको हो ।
किराना तथा खाद्य समितिका अध्यक्ष पोषराज बरालले स्टक राखिएको दैनिक उपभोग्य बस्तुपनि सकिएका कारण दशैंका मुखमा उपभोग्य बस्तुको अभाव खड्किएको बताउनुहुन्छ । जिल्लाको सदरमुकाम खाँदबारी सम्म सञ्चालनमा रहेको यातायात गत असार महिना देखि सञ्चालन हुन सकेको छैन । धुले सडक निरन्तरको बषर्ाले भत्काएर हिलाम्मे बनाउँदा यातायातको साधन सञ्चालन हुन नसकेपछि र्सवसाधारणले उपभोग्य बस्तुको अभावको सामना गर्नु परेको नागरिक समाजका सदस्य भोलामान श्रेष्ठले बताउनुभयो ।
जिल्लामा चामल, नुन, तेल, दाल, तरकारी, मसला, ग्यास, मैदा लगायतका उपभोग्य बस्तु र पसलमा विक्रिका लागि राखिएका किराना सामान समेतको अभाव भएको हो । जिल्लाको खाँदबारी नगरपालिका र दर्ुगम नुम, पाथीभरा, मकालु, वाला, सिसुवा, ताम्कु, माङ्तेवा, धुपु, वाना, स्यावुन, सभापोखरी, बाह्रविसे, याफु लगायतका दर्जनौ गाविसमा उपभोग्य बस्तुको अभाव भएको हो । दर्ुगम गाविसमा उपभोग्य सामग्रीको आपर्ूर्ति गर्दै आएको सदरमुकाम खाँदबारी र तुम्लिङटारमा समेत उपभोग्य बस्तुको अभाव भएपछि यसको प्रभाव दर्ुगम गाविस सम्म परेको खाँदबारीबासी ऋषिकेशव चापागाईले बताउनुभयो ।
सङ्खुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष श्यामसुन्दर उदाशका अनुसार व्यापारीहरुले लामो समय देखि स्टक राखेको सामग्री समेत सकिएका कारण उपभोग्य बस्तुको अभाव उपभोक्ताले झेल्नु परेको बताउनुभयो ।
जिल्लामा उत्पादन हुने उपभोग्य बस्तुले बर्षरी नपुग्ने भएका कारण यातायातका साधन प्रयोग गर्दै उपभोग्य बस्तुको ढुवानी गर्ने गरिएकोमा ४ महिना देखि यातायात बन्द हुँदा समस्या परेको हो । सङ्खुवासभाको सदरमुकाम खाँदबारी र अन्य बजारमा धनकुटाको हिले, धरान र विराटनगर समेतका सहरबाट दैनिक उपभोग्य बस्तुको ढुवानी गर्ने गरिएको थियो ।
यातायात सञ्चालन नभएको फाईदा उठाउँदै व्यापारीहरुले केही समय अघि सम्म महँगोमा उपभोग्य सामान व्रि्री गरेपनि अहिले भने उपभोग्य सामान खरिदका लागि गएका उपभोक्ताहरुलाई व्यापारीहरुले सामान नभएको भन्दै त्यत्तिकै फर्काईदिने गरेका छन् । खाँदबारीका स्थानीय बासिन्दा राजकुमार घिमिरेका अनुसार दोव्वर मुल्य बृद्धि गरेर उपभोग्य बस्तु विक्री गर्दै आएका व्यापारीहरुले अहिले सामग्री खरिदका लागि जाने उपभोक्तालाई रित्तो हात र्फकाईदिने गरेका छन् ।
जिल्लामा उपभोग्य बस्तुको अभाव सँगै मुल्य पनि बृद्धि भएको छ । दैनिक उपभोग्य बस्तुको अभाव भएको देखाउँदै व्यापारीहरुले कुनैपनि निर्ण्र्ााविना सामानको मुल्य ७५ प्रतिशत सम्म बढाएका छन् । खाँदबारीमा ३० रुपैयाँ प्रति किलोग्राममा विक्रि हुँदै आएको चामलको मुल्य बढेर अहिले ६० रुपयाँ पुगेको छ । त्यस्तै अन्य सामग्रीको मुल्य सय प्रतिशत वा सो भन्दा माथी बढेको उपभोक्ताले बताएका छन् ।
यहाँ बाहिर क्षेत्रबाट आएर बस्ने विद्यार्थी, मजदुर, कर्मचारी, र्सवसाधारण समेत उपभोग्य बस्तुको अभावको सामना गर्न बाध्य भईरहेका छन् । दशैंका लागि चामल खरिद गर्नलाई बजार गएका उपभोक्ता समेत निरास भएर त्यत्तिकै र्फकने गरि रहेका छन् । यातायात व्यावसायी संघका अध्यक्ष हरिश्वर थापामगरले बषर्ा नरोकिएका कारण यातायात संचालन हुन सक्ने अवस्था नभएको बताउनुभयो ।
यातायात अभावमा बाहिरी जिल्लाबाट उपभोग्य सामग्री ढुवानी गर्न नसक्दा सङ्खुवासभामा पहिलो पटक सवै प्रकारका उपभोग्य बस्तुको अभाव खड्किएको हो । पहिले पहिले खच्चड र भरियालाई बोकाएर भएपनि उपभोग्य बस्तु ढुवानी गर्ने गरिन्थ्यो । यातायात सञ्चालन सँगै भरिया र खच्चड विस्थापित भएपछि सामग्री ढुवानीको एउटै मात्र विकल्प यातायात हो ।
Browse » Home »
जिल्ला समाचार
» दशैंको मुखमा सङ्खुवासभामा दैनिक उपभोग्य बस्तुको अभाव
दशैंको मुखमा सङ्खुवासभामा दैनिक उपभोग्य बस्तुको अभाव
Subscribe to:
Post Comments (Atom)









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “दशैंको मुखमा सङ्खुवासभामा दैनिक उपभोग्य बस्तुको अभाव”
Post a Comment