Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

युवा पुस्ता फेसनमा भुलिए


हालै सम्पन्न मिसनेपाल प्रतियोगितामा बेस्ट हेयरको उपाधि सुजता स्वारले जितिन् । योजनाबद्ध नभइ अनपेक्षित
रुपमा मिस नेपालमा भाग लिएकी पराजित भए पनि आयोजकप्रति सुजाताको कुनै गुनासो छैन ।
कपालका सुरक्षाका लागि आपुूले गरेको मेहनतको कदर भएकोमा उनी खुशी छिन् । यिनै विषयवस्तुमा
सुजतासँग गरिएको कुराकानी यस्तो थियो-

० मिस नेपाल प्रतियोगिताबाट के अपेक्षा गर्नुभएको
थियो  ?


- दिल्लीबाट अध्ययन सकेर नेपाल फर्केकी थिएँ । फुस्रद थियो । यही बेला मिस नेपाल प्रतियोगिता
भइरहेको रहेछ । प्रतिस्पर्धा गरौं जस्तो लाग्यो उपाधी जित्ने लक्ष्य थिएन ।

० प्रतिस्पर्धा गर्न कसले हुटहुटी लगायो ?

- म आफैलाई पनि रहर लागेको थियो । प्लस साथीभाइ र आमाले पनि मिस नेपालमा भाग लिइ भनेको
हुनाले भाग लिएँ ।

० कुन स्थान हासिल गर्नुभयो  ?

- शीर्ष दस स्थानमा परेँ । बेस्ट हेयरको उपाधि जितेँ ।

० शीर्ष स्थान किन हासिल गर्न सक्नुभएन  ?

- निर्णायकहरुका अनुसार मैले दिएको उत्तर छोटो भयो अरे ।

० निर्णायकहरुले जालझेल गरेजस्तो लाग्दैन  ?

- उपाधि जित्ने सदीक्षा श्रेष्ठबारे निर्णाय सही भए पनि दोस्रो हुनेले दिएको उत्तर
मलाई पनि चित्त बुझेको थिएँ ।

० तपाईंको कपाल चाहिँ अरुभन्दा उत्कृष्ट कसरी
भयो ?


- कपालको स्यहारमा म धेरै ध्यान दिन्छु । यो कपाललाई सुन्दर राख्न मैले जति मेहनत गरेको
छु त्यसमा निर्णायकहरुले न्याय गरेजस्तो लाग्यो ।

० कपाललाई सुन्दर राख्न कति खर्च गर्नुहुन्छ
?


- सेम्पु र कन्डिसनरलाई ११ सय भारु पर्छ । १५-१५ दिनमा पार्लर जान्छु । तेल र कि्रमको
बेग्लै खर्च छ । त्यसका आलावा अण्डा र दही पनि लगाउँछु ।

० दिल्लीमा कहाँ-के पढ्नुभयो ?

- कन्या श्रीराम कलेजमा पढेकी हुँ । त्यहाँबाट कम्युटर र गणित विषयमा स्तानतक गरें


० दिल्ली र काठमाडौंको पढाइ अन्तर ?

- यो दाँज्न मिल्ने कुरै होइन । नेपालमा पढाइभन्दा फेसन र अन्य कुरालाई प्राथमिकता
राखिन्छ । दिल्लीमा पढाइ पहिलो प्राथमिकतामा पर्छ ।

० नेपालका युवाहरु कस्ता छन् ?

- उत्पात फेसनमा रमाउँछन् । सुहाओस न टुवाओस् अरुको नक्कल गर्दैमा यहाँका युवाहरु मख्ख
छन् ।

० उनीहरुले के गर्नुपर्छ ?

- अनुशासित बन्नुपर्छ । अहिलेको समय भनेको उनीहरुको उर्वर हो । यसबेला मेहनत गर्न सके
पछि मोज गर्न सकिन्छ । पढाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

० तपाईं अब के गर्नुहुन्छ ?

- जागीरको खोजीमा छु । जागीर खाएर डिग्री गरौं कि डिग्री गरेर जागीर खाउ भन्ने दुविधामा
पनि छु । हेरों के हुन्छ

० विवाह गर्ने योजना छैन ?

- तत्काललाई त्यस्तो योजना बनाएकी छैन । पढाइ अथवा जागीरलाई मैले पहिलो प्राथमिकतामा
राखेकी छु ।

Comments :

0 comments to “युवा पुस्ता फेसनमा भुलिए”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger