Browse » Home » » लोकगीत नै लोकप्रिय
लोकगीत नै लोकप्रिय
शंकर बिसी, निर्देशक/मोडल
१६ वर्षदेखि नेपाली लोकदोहोरी गीतको म्युजिक भिडियोमा एकछत्र राज गरिरहेका छन् शंकर बिसीले । ०५१ मा कमल राईसँग नृत्य सिकेका बिसी सुरुका दिनमा नायक दिलिप रायमाझी, सुशील क्षेत्रीलगायतसँग कोरसमा नाच्थे । लगभग ५० नेपाली फिल्ममा नृत्य गरिसकेपछि ०५७ मा पहिलोपटक उनले लोकदोहोरीको म्युजिक भिडियोमा अभिनय गरे । त्यसपछि उनले गीतमा अभिनय मात्र गरेनन्, निर्देशन पनि थाले । आजसम्म उनले अभिनय गरेका झन्डै तीन सय र निर्देशन गरेका सात सयभन्दा बढी म्युजिक भिडियो पुगिसकेका छन् ।
आधुनिक र पपभन्दा लोकगीतको म्युजिक भिडियो कमसल भएको आरोप लाग्ने गर्छ । आधुनिक गीतमा अभिनय गर्ने कलाकार लोकगीत गर्न चाहँदैनन् भनिन्छ । तर, बिसी भने आधुनिक गीतका भिडियोमा लाग्ने बजेट मिलेको खण्डमा आफूले त्योभन्दा उत्कृष्ट भिडियो बनाउन सक्ने दाबी गर्छन् । 'हामीलाई गाउँले र पाखे भन्नेको सोच नै पाखे र पछौटे छ,' बिसीले भने, 'मोडलहरू लोकगीतमा खेल्न नचाहेको भन्नु गलत हो । मसँग सयौँ युवायुवती लोकगीतको म्युजिक भिडियोमा खेल्न लाइनमा छन् । आधुनिक र पपमा खेलेका केही कलाकार भने लोकगीतमा पारिश्रमिक कम हुन्छ भनेर नखेलेका होलान् ।'
तपाईंलाई आफ्नै भिडियोमा बढी खेल्नुहुन्छ भन्छन् नि ? 'सुरुमा त कम्पनीले मलाई गीत दिन्छ, त्यसपछि म उहाँहरूलाई कन्सेप्ट दिन्छु र कलाकार छान्न भन्छु,' उनले स्पष्टीकरण दिए, उनीहरूले मलाई नै छान्छन् भने म खेल्नै पर्यो नि ।' बिसी आफूलाई लोकगीतमा सबैभन्दा महँगो भिडियो बनाउने कलाकार ठान्छन् । भन्छन्, 'दुई-तीनवटा गीतमा एउटा भिडियोबराबर एक लाख २० हजारसम्म लिएको छु । यो आधुनिक गीतका लागि केही पनि होइन । लोकगीतमै लागेर गाडी, घरघडेरी किनेको छु । महिनामा २१ वटासम्म लोकगीतको म्युजिक भिडियो बनाउँछु । अनि फिल्ममा कोरियोग्राफी पनि गरेको छु । बिसीले गाउँघरतिर जाँदा आफूले दर्शकबाट अभिनेता राजेश हमाललाई जस्तै माया र सम्मान गर्ने गरेको बताए ।
बिनिता बराल, मोडल
चितवनमा जन्मेकी बिनिता बराल बच्चैदेखि नाच्न रुचाउँथिन् । नाच्ने ठाउँमा जहीँतहीँ उनी लजाउँदिनथिन् । चितवनकै स्थानीय केवुल टेलिभिजनमा बाल कार्यक्रम चलाएकी बराल सात वर्षअगाडि अनिल सिंहको गीतमा पहिलोपटक अभिनय गरेकी थिइन् । उनले हालसम्म २५-३० वटा आधुनिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनलाई लोक र आधुनिक गीतको शैली नै फरक हुन्छ भन्ने लाग्छ । 'लोकगीतको लक्षित वर्ग बच्चाबच्चीदेखि बूढाबूढीसम्म सबै हुन्,' उनले आफ्नो बुझाइबारे भनिन्, 'आधुनिक गीत भनेको सहरका केही सीमित युवाका लागि मात्र हो ।'
बिनितालाई लोकगीत खुब मनपर्छ । लोकगीतमा नाच्न पनि मन पर्छ भन्छिन् । तर, अभिनय गर्न भने उनलाई मनै लागेन । सुरुमै आधुनिक गीतमा अभिनय गरेपछि लोकगीततर्फ जानै मन लागेन । 'प्लास्टिकका फूलहरू, आर्टिफिसियल सेट (डिजाइन) नै लोकगीत र म्युजिक भिडियोका कमजोरी हुन्, र सधै एकैठाउँमा सुटिङ हुन्छन्, लोकेसन भेराइटी छैन ।' लोकदोहोरीका म्युजिक भिडियोबारे टिप्पणी गरिन्, 'हामीलाई निश्चित सहरका युवायवुतीले चिन्छन् भने लोकगीतको कलाकार सबै ठाउँ परिचित छन् ।'
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “लोकगीत नै लोकप्रिय”
Post a Comment