Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

"उमेदवारले हारेको होइन संर्घष चलेको हो", संबिधानसभाले गर्व गर्ने ठाउँ रहेन

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अहिले आफूले हारेको नभई संघर्ष चलिरहेको बताउनुभएको छ । उहाँले नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा ढिलाई हुनुमा परिवर्तन विरोधी तत्व मुख्य बाधक रहेको बताउनुभयो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पुस्तक विमोचन
अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोधको निकासका लागि नयाँ बाटोको खोजी गरिरहेको र केही दिनमा नै गतिरोध अन्त्य हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
जारी राजनीतिक गतिरोधले जनतामा निराशा पैदा गरेको भन्दै राजनीतिक ट्रयाक नै बदल्नु पर्ने हो कि भन्ने अवस्था आएको उहाँको भनाई थियो ।
सरकार गठन हुन नसक्नु दुःखद् स्थिति भएको भन्दै अध्यक्ष प्रचण्डले व्यवस्थापिका संसदको कामसमेत गर्दै आएको संविधानसभाले प्रधानमन्त्री चयन गर्न नसक्दा संविधानसभाप्रति गर्ब गर्ने ठाउँ नभएको बताउनुभयो
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘झट्ट हेर्दा दुई उम्मेदवारले हारेजस्तो देखिए पनि चालु प्रधानमन्त्री निर्वाचनमा परिवर्तन चाहने र नचाहाने तत्वबीचको संघर्ष चलिरहेको छ ।

Comments :

0 comments to “"उमेदवारले हारेको होइन संर्घष चलेको हो", संबिधानसभाले गर्व गर्ने ठाउँ रहेन”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger