Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

हेलिकप्टरमै स्वास्थ्यकर्मीको मृत्यु

भोजपुर , भाद्र ३० - एक्कासी बिरामी भएपछि जिल्ला अस्पतालमा भर्ना भएका एक जना स्वास्थ्यकर्मीलाई उपचारको निम्ति काठमाण्डौ लैजाँदा हेलिकप्टरमै मृत्यु भएको छ ।
भोजपुरको छिनामखु गाविसस्थित इलाका स्वास्थ्य चौकीमा कार्यरत वरिष्ठ अहेव तेतर चौधरीको मृत्यु भएको हो । सप्तरीको पन्सेरा गाबिसका ५० वर्षिय चौधरी सात बर्षदेखि भोजपुरको छिनामखु इलाका स्वास्थ्य केन्द्र अन्तर्गतका सात वटा स्वास्थ्य चौकीमा कार्यरत थिए ।

मुटु भित्रको भास्कुलर डिजिज र थ्रोम्बो इम्बोलेन्स (मुटुभित्र रगत जम्ने र नसा सम्बन्धि) रोगका कारण उनलाई अचानक बिरामी परेपछि मंगलबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । भोजपुरमा उपचार हुन नसकेपछि एयर डायनेष्टी हेलिकप्टरबाट काठमाडौं लैजादा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा.नरेन्द्रकुमार झाले बताए । उनका अनुसार बिरामीले एक सातादेखि सामान्य लक्षण पाएपनि रोग पत्ता लाग्न नसकेपछि ज्यान गएको हो ।  
जिल्ला असपतालका चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुले सहकर्मी बचाउनका लागि ऋण सापटी मागेर हेलिकप्टरबाट बुधबार अपरान्ह काठमाडौं पठाएका थिए । काठमाण्डौ बिमानस्थलमा अवतरण नहुदै बिरामीको मत्यु भएपछि चौधरीको आफन्त, परिवारजन र सहकर्मीहरु दुःखित भएका छन् । उनको उपचारको निम्ति हेलिकप्टरलाई एक लाख ७० हजार रुपैंयाँ र बिरामी कुरुवालाई २० हजार रुपैंयाँ खर्च दिएर काठमाण्डौ पठाइएको थियो । 'बिरामी निको नभएपछि प्रयास असफल भयो,' डा.झाले भने -'तैपनि हामीले बचाउने प्रयास चांहीं गरेका हौं ।'  
वर्षा र खराव मौसमका कारण स्थल र यातायात सेवा अबरुद्ध हुनाले बिरामीलाई बेलैमा सुबिधायुक्त अस्पताल पठाउन नसकिएकोले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बर्षायाममा हिले-भोजपुर सहायक राजमार्ग संचालनमा आएको छैन ।
खराव मौसमका कारण हवाइ उडान समेत हुन सकेको छैन । मृतक चौधरीको दुई श्रीमति र छोराछोरी छन् ।

Comments :

0 comments to “हेलिकप्टरमै स्वास्थ्यकर्मीको मृत्यु”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger