Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

बलात्कारको राजधानी

विनोदविक्रम केसी
शताब्दी लामो युद्धले छिन्नभिन्न भएको अपि

mकी मुलुक लोकतान्त्रिक गणतन्त्र कंगोमा बाँच्न गाह्रो छ । महिलालाई झन् गाह्रो छ ।
नाम फेर्न उस्ताद छ कंगो । कहिले यो आफ्नो नाम कंगो प
mी स्टेट राख्छ, कहिले बेल्जियन कंगो, कहिले कंगो लियोपोल्डभिल्ले, त कहिले जायर ।


अहिले अन्तर्राष्ट्रिय समुदायले यसलाई अर्का नयाँ नाम भिडाइदिएका छन्- रेप क्यापिटल अर्थात् बलात्कारको राजधानी । सात वर्षीया बालिकादेखि सत्तरी वर्षीया वृद्धासम्म यहाँका असंख्य सशस्त्र विद्रोही समूहका यौन-तिर्खाको घानमा परिरहेका छन् । यी विद्रोही डामेर छाडेको साँढेझैँ निष्पिक्री र स्वतन्त्र छन् ।

उनीहरू बलात्कारलाई आफ्नो जन्मसिद्ध अधिकार ठान्छन् । महिला उनीहरूका आँखामा केवल यौन आनन्द प्रदान गर्ने औजार हुन्, वस्तु हुन् । अब, औजार या वस्तुप्रति जति क्रुरता, जति अमानवीयता, जति संवेदनहीनता प्रदर्शन गरे पनि के भयो र ?

यही बलात्कारको राजधानीको एउटा गाउँमा बस्छिन् क्लिमेन्टाइन । आठ बच्चाकी आमा हुन् उनी । युद्ध, भोक र गरिबीको लातमुक्का खाँदाखाँदा लोथ परेको उनको जिन्दगीमा बज्र प्रहार गर्न आइपुग्यो त्यो दिन ।
सात, आठजनाको हतियारधारी समूह उनको झुपडीमा पस्यो । काखको बच्चालाई दूध चुसाइरहेकी क्लिमेन्टाइन भयले नीलो भइन् । जुन दुर्घटनासँग उनी जीवनभरि आतंकित भएकी थिइन्, त्यो अब घटित हुन जाँदै थियो ।
उनका श्रीमान् र बच्चालाई बाहिर निकालेपछि डरले काँपिरहेकी क्लिमेन्टाइनलाई समूहको नाइकेले भन्यो, 'तँसँग दुइटा विकल्प छन् । कि तँ हाम्राे स्वास्नी बन्, कि हामीसँग सुत् ।' नाइकेले दिएको छनोटको 'सुविधा' उपयोग गर्दै क्लिमेन्टाइनले भनिन्, 'म तपाईंहरूसँग सुत्न तयार छु ।'
यसरी बलात्कारका लागि क्लिमेन्टाइन राजी भइन् । किन ? 'किनभने,' उनी भन्छिन्, 'मैले उनीहरूकी पत्नी बन्छु भनेकी भए उनीहरूले मेरो श्रीमान्लाई मार्ने थिए । उनीहरूको नियम नै छ- जसले उनीहरूको पत्नी बन्छु भन्छे उसको श्रीमान्को हत्या गरिदिने । म मेरो श्रीमान्लाई कुनै पनि हालतमा गुमाउन चाहँदैनथेँ । म उनलाई असाध्यै माया गर्छु । म चाहन्न कि मेरा केटाकेटी ठूलो भएपछि मतिर औँलो ठड्याएर भनून्- तिम्रा कारण हामीले बाबु गुमायौँ ।'
यस बलिदानको उनले 'यथोचित' मूल्य पाइन् । श्रीमान्को प्राण रक्षाका लागि यस हदको शहादत स्वीकार गर्ने क्लिमेन्टाइनलाई उनका श्रीमान्ले छोडिदिए । 'म बलात्कृत भएपछि मेरा श्रीमान्ले मलाई घृणा गर्न थाले,' आफूले पाएको पुरस्कारको विवरण दिन्छिन् क्लिमेन्टाइन, 'उनलाई मेरो अनुहारै हेर्न मन नलाग्ने भयो । म अपवित्र भएँ रे ।' र, श्रीमान् भनाउँदो पवित्र जीवनसाथीको खोजीमा निक्लियो, आठ बच्चाकी आमा क्लिमेन्टाइनलाई अलपत्र पारेर ।
क्लिमेन्टाइन ती बलात्कारीलाई भन्दा आफ्नो श्रीमान्लाई बढी अत्याचारी देख्छिन् कहिलेकाहीँ । 'ममाथि उनले ठूलो अन्याय गरे,' उनको चित्त दुखाइ छ, 'उनका लागि मैले आफ्नो अस्मितालाई बलिवेदीमा होमिदिएँ । कुन मुटुले उनले मलाई त्याग्न सकेका ?'

क्लिमेन्टाइन अर्का बिहे गर्न चाहन्नन् । छाडेर जाने निठुर श्रीमान्को माया मार्न सकेकी छैनन् । 'मैले ईश्वरलाई साक्षी राखेर उनलाई श्रीमान् मानेकी हुँ । ईश्वरले चाहे भने एक दिन उनी अवश्य र्फकेर आउनेछन् र मलाई माया गर्नेछन्,' आशाको त्यान्द्रोमा झुन्डिरहेकी छिन् उनी ।
क्लिमेन्टाइन जस्ता पीडित महिला कंगोभरि छन्, एक अनुमानअनुसार दुई लाख बढी छन् । यसको मतलब कंगोमा यति मात्रै बलात्कृत महिला छन् भन्ने होइन । यो त 'म बलात्कृत भएँ' भनेर गैरसरकारी संस्थामा पीडा पोख्ने महिलाको संख्या मात्रै हो ।
खासमा भन्ने हो भने सिंगो अपि
mका महादेश बलात्कारको महामारीले आक्रान्त छ । दक्षिण अपि
mकामा गरिएको एक सर्वेक्षणका कुरा पत्याउने हो भने यहाँका हरेक चार युवकमा एकजना बलात्कारी छन् । कंगोका हकमा यसप्रकारको सर्वेक्षण भएको छैन । कदाचित भयो भने सम्भव छ- कंगोका हरेक चार युवकमा चारैजना बलात्कारी होऊन् ।
हार्वर्ड विश्वविद्यालयकी अनुसन्धाता जोसेलिन केलीका अनुसार कंगोका बलात्कृत महिलाका पतिहरूको मनोदशा असाध्यै खराब छ । उनीहरू स्वयं चर्काे आघातमा छन् । उनी भन्छिन्, 'बलात्कृत महिलाका पति आफ्ना पत्नीलाई बचाउन नसक्नुमा आफूलाई दोषी ठानिरहेका छन् । एकप्रकारको असफलताको पीडाले रन्थनिएका छन् उनीहरू ।' केलीका अनुसार उनीहरू भन्ने गर्छन्, 'म मेरी श्रीमतीको सामना गर्न सक्दिन । उसको अनुहार देख्नेबित्तिकै मलाई आफूले उसको रक्षा गर्न नसकेको बोध हुन्छ ।' यस्तो भताभुंग मनोदशाबाट मुक्त हुन उनीहरूले गर्ने एउटै कुरा छ- आफ्नो पत्नीलाई त्यागिदिनु र नयाँ जीवन सुरु गर्नु ।
कंगोमा सक्रिय सशस्त्र विद्रेही समूहमध्ये एक हो- सिएनडिपी । २२ वर्षीय इम्यानुएल यसै समूहसँग आबद्ध छन् । बालसेनाका रूपमा उनले सिएनडिपीबाट लड्न सुरु गरेका हुन् । विद्रोहीहरू किन बलात्कार गर्छन् भन्ने प्रश्नको राजनीतिक जवाफ छ उनीसँग । भन्छन्, 'हामी बलात्कार गर्छां, किनभने हामी सरकारलाई देखाउन चाहन्छौँ कि हामीलाई उपेक्षा गर्नुको परिणाम के हुन्छ ? बलात्कार सरकारप्रति हाम्राे क्रोधको प्रदर्शन हो ।' उनका अनुसार बलात्कारका अरू कारण पनि छन् । 'सेना र विद्रोही, दुवै बलात्कार गर्छन्,' इम्यानुएल भन्छन् ।
'हामी जंगल या एकान्तस्थलमा सुविधाहीन अवस्थामा बस्छौँ । महिनौँ स्त्रीको अनुहार देख्न पाइँदैन । त्यसैले, कुनै महिला देख्नासाथ हामी झम्टिहाल्छौँ ।' इम्यानुएल बलात्कारबारे यति हल्काफुल्का ढंगमा कुरा गर्छ, मानौँ बलात्कार उसका लागि चुइगम चपाएभन्दा ठूलो कुरा होइन ।
महिलाअधिकारकर्मी मेरी क्लेर फारेका अनुसार इम्यानुएलजस्ता मानिस कंगोली महिलाका असाहयपनको फाइदा उठाइरहेका छन् ।
दण्डहीनता पराकाष्ठामा पुगेको छ कंगोमा । तर, केही बलात्कारीलाई कानुनले सजाय दिन भ्याएको छ । गोमाको केन्द्रीय कारागारमा २० वर्षीय जेल सजाय काटिरहेको छ, एक पूर्वसरकारी सैनिक । दर्जनौँ महिलालाई उसले सिकार बनायो । आफ्नो पहिलो बलात्कारबारे बताउँदै ऊ भन्छ, 'म चौकीमा बसेर ड्युटी गरिरहेको थिएँ । यसो हेरेको त एक महिला बाटोमा हिँडिरहेकी थिइन् । मैले उसको बाटो छेकेँ र मेरो यौन भोक मेटाउन सहयोग गर्न भनेँ । ऊ राजी भइन् । मैले जबरजस्ती गरेँ । मैले आफूलाई नियन्त्रण गर्न खोजेको भए म बिरामी पर्थें होला । मलाई पछुतो छ किनभने अहिले म जेलमा छु ।' ऊ पक्राउ पर्ने एकदमै थोरै बलात्कारीमध्ये एक हो ।

कंगोमा बलात्कार युद्धको हतियार भएको छ । समाजसेवी लुजी एनजिजिरे भन्छिन्, 'कंगोली जनताको नरसंहारका लागि सुनियोजित यौनजन्य हिंसालाई हतियारका रूपमा प्रयोग गरिएको छ । गोली या बमका तुलनामा बलात्कार सस्तो र सहजै प्राप्त गर्न सकिने हतियार हो, र कंगोमा युद्धरत सबै पक्षले यसलाई व्यापक प्रयोग गरेका छन् ।'
पूर्वी कंगोको प्रमुख सहर गोमाको एक केन्द्रमा विभिन्न गाउँका ५७ बलात्कृत महिलालाई मेडिकल जाँचका लागि ल्याइएका छन् । उनीहरू ड्रमको तालमा गाउँदै परम्परागत नाच देखाइरहेका छन् । उनीहरूको नृत्य एकदम जीवन्त छ । यसैका आडमा उनीहरू भय र पीडा लुकाइरहेझैँ लाग्छन् ।
केन्द्रको एउटा कोठामा छिर्नेबित्तिकै ह्वास्स गन्ध आउँछ । गन्ध फोहोर चर्पीबाट आइरहेझैँ लाग्छ । तर, कुरो अर्कै छ । यो गन्ध मेडिकल जाँचका लागि आएका महिलाका शरीरबाट आएको हो । उनीहरू विभिन्न यौन रोगले पीडित छन् । केहीलाई फिस्टुला भएको छ । यो रोग लागेपछि बिरामीले पिसाबमा नियन्त्रण गर्न सक्दैन, कहिलेकाहीँ दिसा पनि खुस्काउँछ ।
एक १५ वषर्ीय किशोरी पनि आएकी छिन् यहाँ । उनको अनुहार अलि छिप्पिएको देखिन्छ । कंगोको छिमेकी देश रुवान्डामा नरसंहार मच्चाउने समूह इन्टरहाम्वेका दसजनाको जमातले उनलाई अपहरण गरेको थियो । अपहरणकारीले उनलाई वर्ष दिनसम्म यौनदासी बनाएर राखे । 'उनीहरू मलाई पालैपालो बलात्कार गर्थे,' उनी सम्भिन्छिन्, 'केही महिनापछि त मलाई पीडा हुन पनि छाड्यो । म मुढाजस्तो भएकी थिएँ ।' इन्टरहाम्वेका विद्रोहीहरू उनलाई भोकभोकै राखेर बलात्कार गर्थे । उसो त, उनीहरूलाई मन लागेको वेला खानेकुरा पनि दिइटोपल्थे । उनलाई बुटजुत्तामा पानी पिउन दिइन्थ्यो । उनी गर्भवती भइन् । विद्रोहीहरूले बच्चा जन्माउनेबित्तिकै उनलाई मुक्त गरिने कुरा गरे । 'पाँच कि ६ महिनाको गर्भ थियो मेरो,' उनी एक त्रासद कहानी भन्न सुरु गर्छिन्, 'उनीहरूले मलाई रूखमा बाँधे र गर्भको बच्चा बाहिर निकाल्न खोजे । म रगतको पोखरीमा आहाल बसेकी थिएँ । त्यसपछि.... म बेहोस भएँ ।' अमानवीयताको योभन्दा वीभत्स चित्र अरू के हुन सक्छ ?
६७ वर्षीय यिभोनको श्रीमान् क्लिमेन्टाइन जति निर्दयी छैनन् । विद्रोहीहरूले उनको श्रीमान्लाई आफ्नी पत्नीको बलात्कार हेर्न बाध्य पारेका थिए । उनले बलात्कृत यिभोनलाई त्यागेनन् । तर, उनीहरूको कथा अर्कै छ । उनीहरू एउटै छानामुनि बसे पनि श्रीमान्-श्रीमतीको भूमिकामा छैनन्, सम्बन्धविच्छेदको अवस्थामा छन् । 'हामी छुट्टाछुट्टै बिछ्यौनामा सुत्छौँ,' यिभोन भन्छिन्, 'अब उनी मलाई प्रेम गर्दैनन् । म उनीसँग जति नजिकिन खोज्छु, उनी त्यति टाढिन खोज्छन् । हामीबीच सधैँ किचलो हुन्छ । उनी मलाई 'तेरा पतिहरूकहाँ बस्न जा,' भन्छन् । उनी मलाई बुझ्ने कोसिसै गर्दैनन् ।'
यिभोन र क्लिमेन्टाइनका पीडा उनीहरूजस्ता महिलाबाहेक अरू कसैले बुझ्दैनन् । सबै कंगोली बलात्कृत महिलाका पीडा र मनोदशा क्लिमेन्टाइन यसरी व्यक्त गर्छिन्, 'म यी बलात्कारीलाई कहिल्यै क्षमा गर्ने छैन । उनीहरूले मेरो जीवन बर्बाद गरिदिए । मलाई कहिलेकाहीँ लाग्छ- अब यस धर्तीमा बाँच्नुको कुनै अर्थ छैन ।'
तर, क्लिमेन्टाइनजस्ता महिलाले यस धर्तीमा बाँच्नु जरुरी छ । एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्वको 'सभ्य' अनुहार देखाउनका लागि उनीहरूले बाँच्नु जरुरी छ ।

एजेन्सीको सहयोगमा 

Comments :

0 comments to “बलात्कारको राजधानी”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger