Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

लिम्बूवान बन्दले पूर्व ठप्प

परिषदका १५ जनाद्वारा राजिनामा-

अमर खड्का, इटहरी, भदौ २३- सङ्घीय लिम्बूवान राज्य परिषद सन्जुहाङ् पालुङ्वा समूहले आह्वान गरेको बन्दले बुधबार अरुण पूर्वका नौ जिल्ला ठप्प भए। एक दिने बन्दले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभा ठप्प हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चलेनन्।


ती जिल्लामा शैक्षिक संस्था, बजार र व्यापार–व्यवसाय खुलेनन्। बन्दले सबैभन्दा बढी झापामा असर गर्‍यो। यातायातका साधन नचल्दा कुसे औंसीको अवसरमा बाबुको मुख हेर्न हिँडेका सयौं यात्री बाटोबाटै फर्किए।
कूटनीतिक नियोग र अत्यावश्यक सेवाका सवारी साधन भने पूर्वका नौ जिल्लामै निर्वाधरुपमा चले। बन्दकर्ताले समेत त्यस्ता सवारी साधनलाई नरोक्न अपिल गरेका थिए।
बन्दको प्रभाव सुनसरीको इटहरी, इनरुवा, दुहवी र सोनापुरमा आंशिक पर्‍यो तर धरानमा भने मोटरसाइकल, एम्बुलेन्स, शवबाहन र प्रहरीका गाडीबाहेक यातायात साधन ठप्प भए। त्यहाँबाट पहाडी जिल्लातर्फ चल्ने सवारी साधन पनि चलेनन्।
सुनसरीमा मङ्गलबारदेखि नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले दुई दिने निजी विद्यालय बन्द आह्वान गरेकाले पनि निजी शैक्षिक संस्था भने ठप्प भए। मोरङको विराटनगरमा भने बन्दको कुनै प्रभाव परेन। सुनसरी–मोरङका औद्योगिक क्षेत्रमा पनि असर पुगेन। उत्तरी मोरङमा भने बन्दले असर गर्‍यो। मोरङ खण्डको पूर्व–पश्चिम राजमार्गमा केही सीमित साना सवारीका साधनमात्र चले। त्यस क्षेत्रका अधिकांश शैक्षिक संस्था बन्द भए।

Comments :

0 comments to “लिम्बूवान बन्दले पूर्व ठप्प”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger