Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मलेशियामा युवाहरुको विजोग

बैदेशिक रोजगारका लागि भनेर काठमाण्डौंको बसुन्धरास्थित Care Human Resource मा आवेदन दिएका सयौं नेपालीहरु हाल मलेसियाको विभिन्न ठाउँमा कष्टर जीवन विताउन बाध्य भैरहेका छन् । सुरुमा Panasonic र JCY कम्पनीमा कामदारको माग भएको विज्ञापन प्रकाशित गरेर मलेसियाको Klang मा मुख्य कार्यालय रहेको Neo Giant (M) Sdn. Bhd. मा कामदार पठाउने गर्दोरहेछ Care Human Resource (CHR) ले । १०० जनाभन्दा बढी कादारलाई एउटै कन्ट्रयाक्ट कम्पनीमा एउटै म्यानपावर कम्पनीले मान्छे पठाएको छ, एउटा नेपालीले सयौं नेपालीलाई दुःख दिईरहेको छ । Neo Giant (M) Sdn. Bhd. र CHR को Employee Contract अनुसार, Basic Salary RM 546 per month, बस्नका लागि कोठा अनि बिजुली र पानी निःशुल्क भनेर उल्लेख गरिएको छ, तर एउटा रुममा १० जनासम्म कामदार राखेर प्रत्येक कामदारसँग Utilities=RM10.00+Penalty RM21.50+Others RM42.00 गरी जमा RM 73.50 प्रतिव्यक्ति प्रतिमहिनाका दरले असुल उपर गरेको छ । नेपालमा ८०,००० देखि १ लाख रुपैयासम तिरेर आएतापनि सि.नं. २ देखि १० सम्मका व्यक्तिलाई RM 255.00 प्रतिमहिना जम्मा ४ महिनासम्म गरी जम्मा RM 1020.00 र सि.नं. ११ देखि माथिका सबैलाई RM 300 प्रतिमहिना गरी जम्मा ४ महिना RM 1200.00 भिसा बापतको शुल्क भनेर Neo Giant (M) Sdn. Bhd. ले कामदारबाट Salary मा कट्टा गरी CHR लाई कमीशन दिने गरेको छ । जसले यो लेख पढ्नुभएको छ भने सल्लाह सुझाव दिनुहोला ति नेपालीका लागि, कतै यिनीहरुलाई जस्तै फसाउन त लागेको छैनः CHR ले । नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय, वैदेशिक रोजगार विभागले पनि यस्ता घटनाहरुको अनुगमन र निरीक्ष्ण गर्ने कामको थालनी गरी दोषीलाई कारवाहीको प्रक्रिया बढाउनु आवश्यकीय कुरा बनेको छ । देखि PEDMA मा काम सुरु गरेका CHR ले Neo Giant का लागि भनेर पठाएका कामदारहरुको विवरण यसप्रकार रहेको छ :
१. गौरब रानामगर, भक्तपुर, बाल्कोट
२. श्रीमञ्जित (दिपेश) तामाङ्ग, संखुवासभा
३. बसन्त बि.क., बुटवल, कालीकानगर
४. गणेशमान तामाङ्ग,
५. इगो कुमार यादव
६. प्रमानन्द केवरत, मोरङ
७. राजेश कुमार यादव
८. धनिक लाल यादव
९. प्रकाश सुवेदी, रत्ननगर, चितवन
१०. दिल बहादुर (रिजन) के.सी., पदमपुर, चितवन
११. सुरेश दराई, कठार–९, चितवन
१२. राजु दराई, कठार–९, चितवन
१३) सोम बहादुर दराई, कठार–९, चितवन
१४. सरोज खतिवडा, चैनपुर–९, चितवन
१५. गोविन्द सिटौला, र.न.पा. १२, चितवन
१६. सानु बज्राचार्य, पाटन, सुन्धारा
१७. बमबहादुर ताममाङ, कटारी–९, उदयपुर
१८. गोपालसिंह माल, गोकुलेश्वर, बैतडी
१९. सुरेश खत्री, सिद्धकाली–२, संखुवासभा
२०. बलिराम यादव, जहदा–१, नवलपरासी
२१. अजय कान्त शाह
यो नामावली PEDMA मा अन्तर्वाता पास गरी काम सुरु गरेका कामदारहरुको मात्र हो । यसैगरी अन्य ठाउँमा पनि सोही Agent हरुबाट ठगिएका नेपाली कामदारहरु रहेका छन् । उनीहरुलाई सहयोग गर्नु सम्पूर्ण नेपालीको कर्तव्य हुनेछ । सहयोगका लागि हामी सम्पूर्ण नेपालीहरुसँग अपिल गर्दछौं । सहयोगका लागि सम्पर्कः
श्रम तथा यातायात व्यवस्था मन्त्रालयः ०१–४२४७८४२
वैदेशिक रोजगार विभाग– ०१–४४७७६७१
Care Human Resource, बसुन्धरा ०१–४३८६९५६, Mob. 9851048213 (Gopal Ghimire)
Neo Giant (M), Sdn. Bhd.- +६०३३३२३६२९९
फ्याक्स: +६०३३३२४६२२४
Neo Giant Agent (K.Ju), Mob. +६०१२२७९८३८९
PEDMA मा कार्यरत कर्मचारीमध्यैः
दिल बहादुर के.सी. +६०१३२३५३०५२, e-mail: reasonkc@gmail.com
बसन्त बि.क. +६०१०३६९१७००
गोविन्द सिटौला– +६०१६६७५०४७२

Comments :

0 comments to “मलेशियामा युवाहरुको विजोग”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger