Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

बस दुर्घटनाका क्रममा भोटेकोसीमा बगेर बेपत्ता भएका २१ जनाको अवस्था अझै अज्ञात 

तातोपानीबाट बाह्रविसेतिर आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको गातीस्थित अरनिको राजमार्गमा सोमबार भएको बस दुर्घटनाका क्रममा भोटेकोसीमा बगेर बेपत्ता भएका २१ जनाको अवस्था अझै अज्ञात छ। पाँच जनाको शव भने सोमबार नै भेटिएको थियो।



ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा हराइरहेका २१ जनाका आफन्तले खोजिका लागि आग्रह गरेका छन्। प्रहरीका अनुसार हराउनेमा गाती गाविसका धनमती तामाङ, अनिता तामाङ, काले तामाङ, मार्मिङका रिसार शेर्पा, डुद्धडडुप तामाङ, निमा शेर्पा , छुनि तामाङ छन्।

त्यसैगरी फुल्पिङडाँडाका रामचन्द्र नेपाल, रामचन्द्र आचार्य, कृष्णप्रसाद नेपाल, मांखाका दीलकुमार तामाङ, होमराज पराजुली, राम्चेका सिताराम थापा, उमेश कार्की, गोविन्द चालिसे, टेकानपुरका केशरबहादुर बोहरा, जीतबहादुर बोहरा, लिस्तीका कुमार विक, बाह्रविसेका बलबहादुर थापा, हगामका होमलाल तामाङ र काभ्रेपलाञ्चोक ठूलोबारीको देवीप्रसाद शर्मा रहेका छन्। दुर्घटनामा बेपत्ता भएका यात्रुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले खोजी गरिरहेका छन्।
तातोपानीबाट बाह्रबिसेतर्फ आईरहेको बा २ ख ४०१३ नम्बरको बस गाती गाविस-९ स्थित सडकबाट करिव १० मिटर तल भोटेकोशी नदीमा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने तीन जनाको जीवित उद्धार भएको थियो।

Comments :

0 comments to “बस दुर्घटनाका क्रममा भोटेकोसीमा बगेर बेपत्ता भएका २१ जनाको अवस्था अझै अज्ञात ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger