Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

कुबेतमा तीज बिशेष कार्यक्रमको तयारी अन्तिम चरणमा

नबराज पन्थी (कुबेत )
नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा यति बेला नेपालको गाउघर शहर बजार राजधानी काठमान्डौमा मात्र होईन देश बिदेशमा बस्ने नेपालीहरुले पनि धुमधामसँग तीज मनाइरहेकाछन । यसै क्रममा मरुभुमीको देश कुबेतमा आगामी सेक्टेम्बर १७ तारिख शुक्रबार


जनजाग्रिति समूह एन आर एन ए लगायतका कुबेतमा कार्यरत नेपाली संघसस्थाको सहयोगमा नेपाल कुबेत साँस्कृतीक मन्च कुबेतले गर्न लागेको तीज बिशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कुरा आयोजकले जनाएको छ। कुबेतमा घरेलु कामदारका रुपमा रहेका नेपाली चेलीहरुलाई लक्षित गरि आयोजना गर्न लागेको तीज बिशेस कार्यक्रमको माधव शर्मा र माधव वाग्लेको नेत्रित्वमा बिगत १ महिना अघि देखि रियल्सन सुरु भएको थियो । कुबेतमा कार्यरत चर्चित कलाकारहरु माधब शर्मा, अनिल रसाइलि, अर्जुन तमाङ, रत्ना बराल, माला राइ लगायतका गायकहरुको स्वरमा तीज सम्बन्धी गीतको साथमा लोक, आधुनिक, पप गीत र माधव, ज्ञानेन्द्र, केशब, प्रिती, जानुका, काजोल, जुना, दीपा, सुनिता, पुजा लगायतका निर्त्य कलाकारहरुबाट मनोरन्जनात्मक तीज तथा चलचित्रको गीतमा जोडदार निर्त्य प्रस्तूत गरि दर्शकहरुलाई भरपुर्ण मनोरन्जन प्रदान गर्ने कुरा नेपाल कुबेत साँस्कृतीक मन्चका अध्यक्ष मनु भुजेलले जानकारी गराउनु भएको छ । कुबेतमा नेपाली सस्कृती जोगाउन सक्रिय रहेको नेपाल कुबेत साँस्कृतीक मन्चले दर्शकहरुलाई निसुल्क प्रबेश साथै उक्त कार्यक्रममा सहभागि इच्छुक दर्शकहरुलाई पनि आफ्नो कला र गला प्रस्तुत गर्न अबसर दिलाउने ब्यबस्था गरेको कुरा नेपाल कुबेत साँस्कृतीक मन्चका सचिब माधव शर्माले बताएका छन। बिभिन्न प्रकारका साँस्कृतीक कार्यक्रम भैरहने कुबेतमा यसपालीको तीज बिशेष कार्यक्रमले कुबेतबासी नेपालीको मन जीत्न कत्तिको सफल हुने हो त्यो त सेक्टेबर १७ तारिख शुक्रबार नै थाहा हुनेछ ।

Comments :

0 comments to “कुबेतमा तीज बिशेष कार्यक्रमको तयारी अन्तिम चरणमा”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger