Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ

विजय सन्तोषी राई
धनकुटा  ; सशस्त्र प्रहरीले आज धनकुटामा ५ जना गाविस सचिव सहित ६ जना कर्मचारीलाई तास खेलीरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको छ ।


जिल्ला विकास समिति धनकुटाको कार्यालय सामुन्ने रहेको एक चिया पसलमा तास खेलीरहेको अवस्थामा तास र पैसा सहित ५ जना गाविस सचिव सहित ६ जना कर्मचारीलाई रङ्गेहात पक्राउ गरेको सशस्त्र प्रहरी छिन्ताङ्ग गुल्म धनकुटाका डि एस पी तुलसीराम खत्रीले वताउनु भयो ।


पक्राउ पर्नेहरुमा धनकुटा जिल्ला लेगुवा गाविसका सचिव उमेश राईमूर्तीढूंगा गाविसका सचिव प्रकाश घिमिरेबोधे गाविसका सचिव इन्द्र वहादुर भण्डारीमुगा गाविसका सचिव लिला कार्की तांखुवा गाविसका सचिव सन्तोष अधिकारी र जिल्ला विकास समिति धनकुटाका नायव सुब्बा बिनोद उपाध्याय रहेको डि।एस पी खत्रीले वताउनु भयो ।
काम नगरी दैनिक तास खेल्ने गरेकाले उनीहरुलाई पक्राउ गरी आवाश्यक कारवाहीका लागी तास र वरामत भएका रकम सहित जिल्ला प्रहरी कार्यालयमा जिम्मा दिएको समेत डि।एस।पी खत्रीले वताउनु भयो ।
पक्राउ परेका गाविस सचिवहरु र कर्मचारीहरुलाई कारवाहीका लागी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी अरुण कुमार वि सी ले वताउनु भयो ।

जवरजस्ती चन्दाधम्कीका कारण असुरक्षा देखाई ग्रामिण क्षेत्रका गाविस कार्यालयमा काम नगरी जिल्ला सदरमुकाममा आई दैनिक तास खेल्दै जागीर खाईरहेका गाविस सचिवहरु सहित कर्मचारीहरु पक्राउ परेपछि जिल्ला सदरमुकाममा अहिले तहल्का मच्चिएको छ ।
जिल्ला सदरमुकामका अन्य केही कार्यालयहरुका कर्मचारीहरु पनि काम नगरी कार्यालय समयमा तास चेसटेवल टेनिसलुडोबागचाल लगायतका विभिन्न खेलहरु खेल्ने गरेका छन ।

Comments :

0 comments to “गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger