- केपी ढुंगाना
काठमाडौं - चलचित्र हेर्ने बहानामा किशोरीलाई विष्णुमती खोलाको झाडीमा लगेर २ युवाले बलात्कार गरेका छन्। बलात्कारको आरोपीत युवा पक्राउ परेपछि मादक पदार्थ खुवाएर १४ वर्षीया एक किशोरीलाई विष्णुमती खोलाको झाडीमा बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ।
महानगरिय प्रहरी बृत्त महाराजगञ्जले १७ वर्षीय अजय तामाङ र २२ वर्षीय प्रेम राउतलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो। १४ वर्षीया एक किशोरीलाई मादकपदार्थ खुवाएर बलात्कारको आरोपमा हिरासतमा राखेको छ।
बृत्त प्रमुख दिपक थापाले अनुशन्धानवाट शुक्रवार मध्यान्ह उनीहरुले पिडीत बालीकालाई फिल्म हेर्न जाउं भन्दै फकाएर मादक पर्दाथ खुवाएपछि विष्णुमती खोला किनारमा रहेको झाडीमा लगेर बलात्कार गरेको खुलेको थियो।
थापाका अनुसार शुक्रवार मध्यान्ह २ वजे किशोरीलार्ई गोपीकृष्ण हलमा चलचित्र हेर्न जाउँ भन्दै फकाएर विष्णुमती खोलाको झाडीमा पुर्याएर बलात्कार गरेको थिए। दुबै आरोपी बसका खलासी हुन।
प्रहरीका अनुसार बलात्कारपछि बालीका बेहोस भएपछि उनीहरुले किशोरीलाई ट्याक्सीमा राखेर सुकेधारा छोडेर भागेका थिए। पीडित बालिकालाई सोधपुछकाक्रममा उनले आफुलाई जेलर भन्ने अजय र राउतले चलचत्रि हेर्न जाउँ भनेर फकाएर जंगलमा लगेर जर्वजस्ती गरेको बयान दिएपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो।
'बेलुका बेहोस अवस्थामा बालीका सुकेधारामा फेला परेपछि सुकेधारा चौकीका प्रहरीले उद्धार गरेका थिए' डिएसपी थापाले भने' उनको होस खुलेपछि सोधपुछ गर्दा बलात्कार भएको खुलेपछि बेलुकै बुढानिलकन्ठमा गएर पक्राउ गर्यौं।'
आरोपी र पीडित बालीकाको स्वास्थय परिक्षण गराउँदा आरोप पुष्टिका आधारहरु फेला परेको प्रहरीको दावी छ। किशोरीको शरिरका विभिन्न स्थानमा चिथोरेको, कोपरेका घाउंहरु रहेको र आरोपीको कपडामा रगत लागेको फेला परेको डिएसपी थापाले दावी गरे। बयानकाक्रममा दुबै आरोपीले अभियोग स्विकार गरेको थापाले बताए।









Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “चलचित्र हेर्ने बहानामा १४ वर्षीया किशोरीलाई काठमाडौंको विष्णुमती खोलाको झाडीमा लगेर बलात्कार”
Post a Comment