Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

फोटोजेनिक सुस्मिता


 आश्विन ९ - १७ वर्षीया सुस्मिता खड्गी यसै वर्षदेखि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । सुन्दर अनुहारका कारण उनलाई साथीहरूले फोटोजेनिक अनुहार भएकी मोडल पनि भन्छन् । भर्खरै सम्पन्न एउटा मोडलिङ प्रतियो गितामा मिस फोटोजेनिककै उपाधि जितेपछि त सुस्मितालाई आफू साँच्चिकै फोटोजेनिक भएको कुरामा विश्वास छ ।,



आफ्नी आमाले छोरीलाई र्‍याम्पमा क्याटवाक गरेको हेर्न चाहेपछि सुस्मिताले उक्त मोडलिङ  प्रतियोगितामा भाग लिएकी हुन् । 'मम्मीका लागि नै मोडल बनेकी हुँ,' व्यवस्थापन संकायकी छात्रा सुस्मिता भन्छिन्— 'म त चार्टड एकाउन्टेन्ट बन्न चाहन्छु ।' मोडलिङको तीनमहिने प्रशिक्षण तथा एउटा प्रतियो गितामा सहभागिता जनाइसकेपछि सुस्मितालाई नेपालको मोडलिङ क्षेत्र अरूले भनेजस्तो नराम्रो लागेन । 'मलाई त यो क्षेत्र साहै्र मन परेको छ, तर म यसलाई सौखमा मात्र सीमित राख्न चाहन्छु ।' ५ फिट ३  इन्च अग्ली सुस्मिता क्याजुअल वेयरकी पारखी हुन् । 
 
साप्ताहिकबाट

Comments :

0 comments to “फोटोजेनिक सुस्मिता”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger