Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

२० गतेभित्र एउटा निर्णय हुन्छ : प्रचण्ड


भदौ १६, काठमाडौं । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चक्रव्युहबाट देशलाई मुक्त गर्न २० गतेसम्म माओबादीले ठोस निर्णय गर्ने बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाजसँग आफ्नै निवास नयाँबजारमा भएको भेटमा प्रचण्डले २० गतेभित्र माओबादीले कुनै ठोस निर्णय गरेर बर्तमान गतिरोध अन्त्य गर्ने प्रयास गर्ने बताउनुभयो ।
संविधान निर्माणको काम नहुनुमा र पटक पटक प्रधानमन्त्रीको निर्वाचन दोहोरिनुमा संविधानसभामा धेरै योगदान गरेको नाताले माओबादी सबैभन्दा बढी चिन्तित रहेको र यो समस्या समाधानमा आफुहरु नै जिम्मेवार भएर लाग्ने उहाँले बताउनुभयो ।
गतिरोध अन्त्य नहुनुमा माओबादी दोषी नभएको भन्दै उहाँले सहमतीको निम्ती उमेद्वारी फिर्ता लिन तयार रहेको र दुई तिहाई मत ल्याएर कोहि आएमा उसलाई पनि समर्थन गर्ने स्पष्ट पार्नुभयो ।

Comments :

0 comments to “२० गतेभित्र एउटा निर्णय हुन्छ : प्रचण्ड”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger