Browse » Home » » रेखाले हराइन् हीराको औँठी
रेखाले हराइन् हीराको औँठी
हिफाजत बनाउँदा मोतीको औँठी हराएकी रेखाले अहिले हीराको औँठी हराउनुलाई कसले चोर्यो मेरो मन पनि हिट हुने पूर्वसंकेत ठानेकी छिन्
नायिका रेखा थापाले हीराको औँठी हराएकी छिन् । उनले आफ्नो देब्रे हातको साइँली औँलामा लगाउने गरेको हीराको औँठी सोमबार दिउँसो खुसी फिल्मको सुटिङका क्रममा सुन्दरीजलमा बगेको हो । तीन महिनाअघि ४५ हजार रुपैयाँमा किनेको सो औँठी बगेपछि आफू निराश भएको उनले बताइन् । 'सट दिइरहेकी थिएँ । कसोकसो गर्दा आँैठी फुत्किएर बगिहाल्यो,' उनले भनिन्, 'बर्खामासको नदीमा औँठी कता बग्यो, देखिँदै देखिएन ।'
हीराको औँठी बगेपछि निराश बनेकी उनले केही समयपछि नै आफैँले निर्माण गरेको हिम्मत फिल्मबाट ०६३ को सर्वात्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेको सुखद खबर सुनिन् । 'औँठी हराएको पीरले रन्थन्निएकी थिएँ । बेस्ट हिरोइनको नेसनल अवार्ड जितेको खबर सुनेपछि मेरो खुसीको सीमा रहेन । औँठीको पीर भुलेँ,' पुलकित हुँदै उनले भनिन्, 'औँठी हराउँदा आर्थिक रूपमा नोक्सान भए पनि मलाई शुभ फल मिलेको महसुस भयो ।'
रेखाले यसअघि पनि मोतीको औँठी हराएको स्मरण गरिन् । भनिन्, 'हिफाजत बनाउँदै गर्दा मोतीको औँठी हराएकी थिएँ । फिल्म सुपरहिट भयो । अहिले मेरो अर्का फिल्म कसले चोर्यो मेरो मनको डबिङ भइरहेको छ । यही वेलामा मेरो हीराको औँठी पवित्र गंगा (सुन्दरीजललाई उनले गंगा सम्भिन्) मा बग्यो । यसबाट मलाई लाग्यो, कसले चोर्यो मेरो मन पनि सुपरहिट हुन्छ ।'
एकपछि अर्कागरी औँठी हराउनाले आर्थिक रूपमा नोक्सान भए पनि आफूले यसलाई फिल्म हिट हुने पूर्वसंकेतका रूपमा लिएको बताउँछिन उनी । भन्छिन्, 'सायद यो ईश्वरको इच्छा होला
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “रेखाले हराइन् हीराको औँठी”
Post a Comment