Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मलेसियामा एक नेपालीको मृत्यु


मलेशिया-बैदेसिक रोजगारीको सिलसिलामा करिब ३ वर्ष अगाडी ललितपुरस्थित लक्की मेनपावरबाट मलेशिया प्रबेश गरेका जंगबहादुर थापा मगरको हृदयघातका कारण मृत्यु भएको छ।
उनी मलेशिया नेगरी सेम्बिलानस्थित युनाइटेड मोर कम्पनीमा कार्यरत थिए । सधै झैँ आफनो काम सकी कोठामा आएर नुहाई धुवाई गरी क्यान्टिनमा सबै साथीहरुसँग खाना खाएर कोठामा गई रातको ११ बजेसम्म टीभी हेरेर आफनो कोठामा सुत्न गएका थापा मगर रातले करिब ३ बजे तिर एक्कासी उनको अनौठो किसिमको आवज ३ पल्ट निकालेका थिए ।

त्यति बेला नाइटसिपको साथीहरु पनि रेस्ट टाइमका लागि कोठामा गएका थिए । रेस्ट टाइम गएका साथीहरुले ए जंग भाई, ए जंग भाई भेनेर बोलाउँदा उनले लामो स्वस मात्र फेरेका थिए।

हतार हतार सबै साथीहरुलाई निद्राबाट ब्युँझाउँदा जंग बहादुरको निधन भईसकेको थियो। कम्पनीको एचआरलाई खबरगरी एचआरले पुलिसलाई बोलाई पोस्टमाटमका लागि रातको करिब ४।४५ तिर हस्पिटल लगिएको थियो । सोमबार उनको पोस्टमार्टमको रिपोर्ट पनि आयो र पोस्टमाटम गर्दा शरीरमा पानीको मात्रा कम भई हृदयघात भएको पत्ता लागेको छ।

उनी उदयपुर जिल्ला ओखले गाविस निवासी हुन् । निजको नेपालस्थित घरमा आमाबुवा, साना।साना

भाई बहिनी र दिदी हुनुहुन्छ । दिदीको मुटु सम्बन्धि रोग छ।

उनको तीन वर्ष पुग्न १ हप्ता बाँकी थियो । दिदीको उपचार गर्न भनि उनी अर्को एक वर्ष थप्ने तयारीमा थिए । तर यो नै उनको निम्ति दुर्भाग्य भयो ।

Comments :

0 comments to “मलेसियामा एक नेपालीको मृत्यु”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger