Browse » Home » » १७ वर्षीया गायिका आस्था भण्डारी गायनमा करिअर बनाउन चाहन्छिन्
१७ वर्षीया गायिका आस्था भण्डारी गायनमा करिअर बनाउन चाहन्छिन्
सानैदेखि संगीतमा रुचि राख्ने आस्था भण्डारीले एक वर्षअघि नै आस्था नामक एकल एल्बम श्रोतामाझ ल्याएकी थिइन् । सेन्टिमेन्टल, रक अनि पपशैलीका ६ वटा गीत समावेश भएको उनको सो एल्बमका गीत युवामाझ चर्चित पनि भए । जसकारण उनी अहिले दोस्रो एल्बमको तयारीमा लागेकी छिन् । १७ वषर्ीया आस्थाले गायिका बनेर नाम र प्रसिद्धि कमाउने सपना देखेकी छिन् । पहिलो एल्बमबाट पाएको सफलताले गर्दा उनलाई आफ्नो सपना पूरा हुने संकेत मिलेको छ रे । बच्चैदेखि गीत गाउन भनेपछि हुरुक्क हुने उनले पाँच वर्षअघि रेकर्ड गराएको गीतसमेत समावेश गरेकी छिन् आस्थामा । तीन वर्षसम्म गायन तथा गितार वादन प्रशिक्षण लिएकी आस्था आफूले गाएको तिमी नै छौ मेरो सोचाइमा… बोलको गीतबाट इमेज म्युजिक अवार्ड २०६६ मा सर्वात्कृष्ट गायिकाको मनोनयनमा परेकी छिन् । जसकारण उनी अचेल निकै पुलकित छिन् । भन्छिन्, ‘यति धेरै सिंगरमध्ये नोमिनेसनमा पर्नु चानचुने कुरा होइन । म निकै खुसी छु ।’ सर्वात्कृष्ट गायिकाको इमेज अवार्ड जित्ने कुरामा आफू निकै आशावादी रहेको बताउँछिन् उनी । भन्छिन्, ‘म निकै आशावादी छु । पब्लिकले मेरो गीत निकै मन पराएका छन् । त्यसैले मेरो कन्फिडेन्ट बढेको छ ।’ ह्वाइटहाउस कलेजमा १२ क्लासमा अध्ययनरत आस्था पढाइ र गायनलाई सँगसँगै अघि बढाउने बताउँछिन् । ‘पढाइका कारण म्युजिक करिअरमा ब्रेक नलागोस् अनि म्युजिकका कारण पढाइमा पनि ह्याम्पर नपरोस्, त्यस्तो किसिमको सेड्युल बनाएर अघि बढेकी छु,’ उनी भन्छिन्, ‘म सिंगरका रूपमा चिनिन चाहन्छु । यसका लागि आफूलाई हरेक कुरामा पर्फेक्ट बनाइरहेकी छु ।’ आस्थाले आफ्नो एल्बमका तीनवटा म्युजिक भिडियो दर्शकमाझ ल्याइसकेकी छिन् । र, ती सबै भिडियोमा मोडलका रूपमा उनी आफैँले अभिनय गरेकी छिन् । तर, उनलाई मोडल बन्ने इच्छा छैन रे । भन्छिन, ‘एक्टिङमा हल्का इन्टे्रस्ट भएकाले आफ्नो गीतमा आफैँ मोडल बनेकी हुँ । फिल्म खेल्ने, मोडल बन्ने इच्छा छैन मेरो ।’ म्युजिक भिडियो, टेलिविज्ञापनमा अभिनय गर्नका लागि प्रस्ताव आइरहेको भए पनि आफू तयार नभएको बताउँछिन् उनी । भन्छिन्, ‘म गायनमै रम्न चाहन्छु । यसमै करिअर बनाउने ध्याउन्न छ मेरो ।’ अहिलेसम्म आफ्ना डेढ दर्जन गीत रेकर्ड भइसकेको बताउँछिन् उनी । ती गीतमध्येबाट छानेर आस्था निकालेको बताउँदै उनी भन्छिन्, ‘मैले पाँच वर्षअघि पहिलोपटक आँखामा आँसु बोलको गीत रेकर्ड गरेकी हुँ । त्यसपछि पनि थुप्रै गीत रेकर्ड गरे । तीमध्येबाट सेलेक्टेड गीत आस्थामा राखेकी हुँ ।’ अचेल उनको एल्बमको सोच न बोलको गीतको म्युजिक भिडियो टेलिभिजन च्यानलहरूमा प्रसार भइरहेको छ । प्रशन्न पौडेलको निर्देशनमा बनेको सो म्युजिक भिडियोबाट आफूले निकै राम्रो प्रतिक्रिया पाइरहेको बताउँछिन् उनी । सुदीप गिरी, नरेन लिम्बू, १९७४ एडी, निर्णय श्रेष्ठहरूका गीत मन पराउँछिन् उनी । नेपाली, अंग्रेजी, रकपप, सेन्टिमेन्टल सबै प्रकार गीत सुन्ने गरेको बताउने उनी आफूलाई फिट हुने गीतमा अफर गरे फिल्म गायनमा समेत लाग्ने सोचाइमा छिन् । भन्छिन्, ‘कसैलाई मेरो स्वर आफ्नो फिल्मको चरित्रसँग मिल्छ भन्ने लाग्छ भने म फिल्मका गीत गाउन तयार छु ।’
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “१७ वर्षीया गायिका आस्था भण्डारी गायनमा करिअर बनाउन चाहन्छिन्”
Post a Comment