Browse » Home » » 'न बिर्से तिमीलाई न पाए तिमीलाई' चलचित्रमा
'न बिर्से तिमीलाई न पाए तिमीलाई' चलचित्रमा
'न बिर्से तिमिलाई न पाए तिमिलाई' गाएर चर्चित बनेकी गायिका अञ्जु पन्तको गीत निर्देशक योगेश घिमिरेले आफ्नो नयाँ चलचित्र 'न बिर्से तिमिलाई न पाए तिमिलाई' मा प्रयोग गर्ने भएका छन्। प्रज्ञा फिल्मसको ब्यानरमा आफ्नो पाचौँ चलचित्र 'न बिर्से तिमिलाई न पाए तिमिलाई' को सोमबार शुभ मुहुर्त गर्ने क्रममा चलचित्रको शिर्षकसागै गीत मिल्न गएकाले अञ्जुको गीतलाई चलचित्रमा प्रयोग गरिएको निर्देशक घिमिरेले बताएका छन्। जसका लागि घिमिरेले सो गीतको सम्पूर्ण प्रतिलिपि अधिकार प्राप्त गरेको रञ्जना म्यूजिक इन्डष्ट्रिजसँग एग्रिमेन्ट समेत गरेको बताए। नाच्न चाहने केटीको कथालाई समेटेर निर्माण गरिन लागेको उक्त चलचित्रमा गायकबाट नायक बनेका बाबु बोगटी, विराज भट्ट र नायिका झरना थापाको मुख्य भूमिका रहेको छ। १६ एमएम सिनेमा स्कोप प्रविधिबाट बन्न लागेको उक्त चलचित्रको छायाँकनमा युवराज राई, संगीत महेश खडका, द्वन्द्व रोशन श्रेष्ठ र गोविन्द राईको नृत्य निर्देशन रहने छ। चलचित्रको छायांकन सोमबारबाटै गरिएको थियो।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “'न बिर्से तिमीलाई न पाए तिमीलाई' चलचित्रमा”
Post a Comment